काठमाडौं । नेपाली बजारमा आज पनि सुनको भाउ बढेको छ । बिहिबार सुनको भाउ प्रतितोला ६ सय रुपैँयाले बढेको हो ।
अघिल्लो दिन ९२ हजार ५०० रुपैंयामा कारोबार भएको छापावाला सुनको भाउ आज ९३ हजार १०० रुपैंया कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुनको मुल्य ९२ हजार ६०० रुपैया रहेको छ ।
त्यसैगरि अघिल्लो दिन प्रतितोला १२ सय ६० रुपैँयामा कारोबार भएको चाँदीको मुल्य पनि तोलामा १५ रुपैंयाले बढेर १२ सय ७५ रुपैंया कायम भएको महासंघले जनाएको छ ।
वि.सं.२०७७ माघ ८ बिहीवार ११:०९ मा प्रकाशित