back
NMB ad

पोखराको औद्योगिक विकासमा निजी क्षेत्रको समान धारणा

Kumari bank ad

कास्की । पोखराको औद्योगिक विकासमा निजी क्षेत्रको समान धारणा हुनुपर्नेमा बिहीबार यहाँ आयोजित एक कार्यक्रममा जोड दिइएको छ ।

पोखरा उद्योग वाणिज्य सङ्घको नवनिर्वाचित कार्यसमितिको सम्मानार्थ पोखरा औद्योगिक क्षेत्र उद्योग सङ्घ तथा पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन सङ्घ कास्कीद्वारा आयोजित स्वागत कार्यक्रममा वक्ताहरूले समान धारणाका साथ अघि बढ्दा अपेक्षित सफलता हासिल हुने बताए ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण कोइरालाले औद्योगिक, कृषि र आवास क्षेत्रको वर्गीकरणमा सरकार चुक्दा विभिन्न समस्या आउने गरेको बताए ।

हिजो औद्योगिक क्षेत्र खाली क्षेत्रमा बनाइएको तथ्य पेश गर्दै उनले उद्योगले रोजगारी दिँदा नै ती क्षेत्रमा बस्ती बढेको उल्लेख गरे । औद्योगिक क्षेत्रले पोखराको विकासमा दिएको योगदान महत्वपूर्ण रहेको चर्चा गर्दै कोइरालाले पोखराको कोत्रेमा प्रस्तावित नयाँ औद्योगिक क्षेत्र स्थापनार्थ सङ्घले सरोकारवाला निकायसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन समितिका प्रमुख भूषणप्रसाद उपाध्यायले पोखरा औद्योगिक क्षेत्रबाट प्रदूषण भयो भन्ने गुनासो नाजायज भएको बताउँदै उद्योगले प्रदूषण नियन्त्रणमा सक्दो योगदान दिएको धारणा राखे ।

पोखरा उद्योग वाणिज्य सङ्घका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्कीले उद्योग र वाणिज्य क्षेत्रको विकास सँगसँगै हुनुपर्नेमा जोड दिए । पोखरा औद्योगिक क्षेत्र उद्योग सङ्घका सल्लाहकार चन्द्रराज राजभण्डारी, सल्लाहकार तथा सीएनआइका अध्यक्ष विनोद न्यौपाने, पोखरा औद्योगिक क्षेत्र उद्योग सङ्घका अध्यक्ष सुरेशबहादुर श्रेष्ठ, सङ्घका सचिव सुरेन्द्रबहादुर गोदारलगायतले सहकार्यमा नै बल हुने बताउँदै निजी क्षेत्रको आवाज सधैँ एक हुनुपर्नेमा जोड दिए ।

वि.सं.२०७७ माघ ९ शुक्रवार ०८:४३ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...