back
NMB ad

सडक निर्माणमा चरम लापरवाही, हातले उप्कने कालोपत्रे

Kumari bank ad

बझाङ । बागथलाबाट भोपुरसम्मको जयपृथ्वी राजमार्गमा कालोपत्रे गर्दा कमसल निर्माण सामग्री प्रयोग भएको आशङ्का व्यक्त गर्दै स्थानीयवासीले चासो व्यक्त गरेका छन् । केही युवाले सडक अवलोकन गर्दा निर्माण सामग्री कमसल प्रयोग गरी सडक कालोपत्रे भइरहेको पाइएको थियो ।

कालोपत्रे गर्दा प्रयोग गरिएको अलकत्रा हातले उप्काउन मिल्ने खबर आएपछी बझाङका युवाले उक्त सडकको निगरानी गरेको थिए । अवलोकन गर्न जाँदा कमसल निर्माण समाग्री प्रयोग गरेको र सडकको धुलो सफा नगरी अलकत्रा बिछ्याएको पाइएको स्थानीय अशोक मल्लले बताए ।

उनका अनुसार सडक कालोपत्रे गर्दा ‘रिसोलिङ पिच’ गर्नुपर्ने ठाउँमा गिट्टी नराख्ने गरेको र मात्राअनुसार अलकत्रा प्रयोग नगरी सडक कालोपत्रे भइरहेको छ ।

सडक मर्मतका बेला सडकलाई फराकिलो गरेर कालोपत्रे गर्नुपर्ने भए पनि त्यसो नगरिएको पाइएको हो । यता कालोपत्रेको काममा गल्ती भएकोे निर्माण कम्पनिका प्रतिनिधि हरिप्रसाद खनाल स्वीकार गरेका छन् ।

ओटासिल सडक उप्कीसकेकाले सो मर्मतका लागि करिब ६ करोडमा कम्पनीसँग सम्झौता भएको भए पनि निर्माण कम्पनीले सडकको छेउमा जाली नहाल्ने तथा किनारामा नाला नबनाएर नै सडक मर्मत गरिरहेको पाइएको छ ।

सडक निर्माणमा भइरहेको कमसल सामान परिवर्तन गरी गुणस्तरीय सामान प्रयोग नगरेमा युवाले कामलाई अवरोध पु¥याउने बताएका छन् । सडक डिभिजन कार्यालय बैतडीले जलजला निर्माण सेवा काठमाडौंलाई सो सडक कालोपत्रे गर्ने कामको जिम्मेवारी दिएको थियो ।

वि.सं.२०७७ माघ ९ शुक्रवार ११:३७ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...