back
NMB ad

खुर्कोट सवस्टेशन चार्ज गर्न शुरु

Kumari bank ad

पर्वत । नेपाल विद्युत प्राधिकरणले पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा निर्माण गरेको २२० केभी क्षमताको सवस्टेशनको गए रातिदेखि चार्ज गर्न शुरु भएको छ ।

सवस्टेशनमा जडान भएका उपकरण र प्रसारण लाइन चार्जका लागि गए राति १० बजेदेखि परीक्षण शुरु गरेको कालीगण्डकी कोरिडोर प्रसारण लाइन आयोजनाले जनाएको छ ।

आयोजनाका सहायक निर्देशक महादेव भट्टराईले भौतिक संरचना निर्माण र आन्तरिक परीक्षण सकेर सवस्टेशन चार्ज शुरु गरेको जानकारी दिए । सवस्टेशन चार्जको परीक्षण अवधि २४ घण्टाको हुने भएको छ । पर्वतको मोदी–चुवा हुँदै खुर्कोटसम्म १३२ केभी विद्युत ल्याएर सवस्टेशनको टान्सफर्मर चार्ज शुरु गरिएको हो ।

आयोजनाका सहायक प्रबन्धक लक्ष्मण फुयाँलले खुर्कोटको सवस्टेशनको परीक्षण सफल र ट्रान्सफर्मर चार्ज भएपछि म्याग्दीको दाना सवस्टेशन चार्जको प्रक्रिया अघि बढाइने बताए ।

स्थानीय आयोजनाबाट उत्पादित विद्युत् कम क्षमताको भएकाले पर्वतको मोदी–चुवा–खुर्कोट हुँदै दाना सवस्टेशनमा लाइन जोडेर चार्ज गर्न लागिएको हो ।

दाना सवस्टेशनअन्तर्गत पाँच मेगावाट क्षमताको घलेम्दी खोला र १३.४ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजना चालु छन् । बयालीस मेगावाट क्षमताको मिस्ट्रिखोला परीक्षण उत्पादनको तयारीमा छ । सवस्टेशनको ट्रान्सफर्मर चार्ज र परीक्षण सफल भएपछि केन्द्रीय ग्रिडमा जोडिने आयोजनाले जनाएको छ ।

सवस्टेशन चार्ज गर्नका लागि आयोजनाका कर्मचारी गए राति १० बजेसम्म खुर्कोटमा बसेर काम गरेका थिए । खुर्कोटस्थित सवस्टेशन चार्जमा उपस्थित भएका नेपाल विद्युत प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयका निर्देशक तारा प्रधानले सवस्टेशन चार्ज प्रसारण लाइनको एउटा महत्वपूर्ण उपलब्धि भएको बताए ।

उनले खुर्कोट सवस्टेशनको परीक्षण सफल भएकामा खुशी व्यक्त गर्दै त्यहाँबाट दाना सवस्टेशनसम्म १३२ केभी लाइनबाट विद्युत पठाएर त्यहाँको ट्रान्सफर्मर पनि चार्ज गर्ने तयारी भएको बताए ।

नेपाल विद्युत प्राधिकरणले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना र पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा सवस्टेशन तथा दुई ठाउँ जोड्ने ३९.६ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरेको छ ।

एक सय १० वटा टावर निर्माण भएको छ । खुर्कोटदेखि पर्वतको कुश्मा नगरपालिका–८ चुवामा निर्माण भएको १३२ केभी क्षमताको सवस्टेशन जोड्ने छ किलोमिटर लामो प्रसारण लाइनको परीक्षण सफल भइसकेको छ ।

म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी तथा सहायक नदी र मुस्ताङमा निर्माण हुने जलविद्युत आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय ग्रिडमा जोड्न एशियाली विकास बैंकको सहयोगमा प्रसारण लाइनका साथै दाना र खुर्कोटमा सवस्टेशन निर्माण भएको आयोजना प्रमुख चन्दनकुमार घोषले बताए ।

प्रसारण लाइन र सवस्टेशन बनाउन सन् २०१६ मा दुई अर्ब ९० करोडमा टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीसँग नेपाल विद्युत् प्राधिकरणले ठेक्का सम्झौता गरेको थियो ।

वि.सं.२०७७ माघ ९ शुक्रवार १२:०० मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...