back
NMB ad

एकीकृत पर्यटन तथ्यांक प्रणालीको तयारी

Kumari bank ad

पोखरा । नेपाल आउने पर्यटकको सम्पूर्ण विवरणसहितको तथ्यांक तथा सूचना राख्ने गरी एकीकृत पर्यटन तथ्यांक प्रणाली विकास गरिने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पहल र नेपाल पर्यटन बोर्डको सहकार्यमा उक्त प्रणालीको विकास गर्न लागिएको हो ।

उक्त प्रणालीका बारेमा पहिलो पटक पोखराका पर्यटन व्यवसायी एवम् संघसंस्थासँग राय सुझाव संकलन गरिएको बोर्डका निर्देशक एवम् सूचना अधिकारी मणिराज लामिछानेले बताए । ‘अहिलेसम्म नेपाल आउने पर्यटकको एकीकृत तथ्यांक राख्न सकिएको थिएन, अब उक्त प्रणालीको विकासपछि नेपाल आउने पर्यटकको सम्पूर्ण विवरणसहितको तथ्यांक राख्न सकिने छ,’ उनले भने, ‘यसलाई प्रभावकारी रूपमा तयार गर्न पहिलो पटक पोखरामा सरोकार संघसंस्था र पर्यटन व्यवसायीसँग छलफल गरेका छौं ।’

सो प्रणालीबाट नेपाल आउने पर्यटकको बसाइ अवधिदेखि आवश्यक सम्पूर्ण विवरण राख्न सकिने उनले बताए । ‘अहिलेसम्म पर्यटनको एकीकृत तथ्यांक संकलन केन्द्र नहुँदा पर्यटनसँगसम्बन्धी कुनै पनि घटना एवम् गतिविधिको तथ्यसहितको विवरण पाउन सकेका छैनौं । यसले धेरैलाई अन्योल समेत बनाएको छ । कहाँ कति पर्यटक आए, कति बसे, को कहाँ घुम्दै छन् भन्ने पनि थाहा छैन,’ उनले भने, ‘अब डिजिटल प्रणालीको विकाससँगै सहज हुनेछ ।’

तथ्यांक प्रणालीको विकाससँगै अहिले कोभिड–१९ का कारण समग्र पर्यटन क्षेत्रले भोग्नुपरेको समस्या, लगानी, नोक्सान र वास्तविक श्रमिकको तथ्यांक समेत निकाल्न सकिने उनले बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले नेपाल सरकारले ढिलै भए पनि डिजिटल प्रविधिको प्रयोग गर्दै तयार गर्न लागेको एकीकृत सूचना प्रणाली पर्यटन क्षेत्रका लागि निकै स्वागतयोग्य भएको बताए । यस प्रणालीबाट कुन देशको कति पर्यटक आए, कहाँ कहाँ गए भन्ने विवरणसहित पर्यटन क्षेत्रका रोजगारदाता, श्रमिक र यस क्षेत्रका लगानीका बारेमा समेत एकीकृत सूचना आउने उनको भनाइ छ । आर्थिक अभियान दैनिकबाट

वि.सं.२०७७ माघ ११ आइतवार ०९:०२ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...