back
NMB ad

भैँसीपालनबाट वार्षिक ७ लाख आम्दानी

Kumari bank ad

दाङ । तुलसीपुर उपमहानगरपालिका–६ गोलौराकी ४२ वर्षीय वकी डाँगी छोटो समयमा एक सफल महिला उद्यमीका रुपमा आफूलाई चिनाउन सफल भएकी छिन् ।

उनी विगत सात वर्षदेखि व्यावसायिकरुपमा भैँसीपालन गरेर सफल बनेकी हुन् । अहिले घरपरिवारका दुई सदस्यसहित भैँसीपालनमा संलग्न छन् । उनले स्थानीय एक व्यक्तिलाई आंशिकरुपमा रोजगारी दिएकी छिन् ।

उनी पशुपालनबाट सन्तुष्ट छिन् । उनी भन्छिन्, “गत वर्ष सबै खर्च कटाएर वार्षिक करीब सात लाख बचत भयो । यस वर्ष कोरोनाका कारण केही नोक्सान भयो । अहिले भने राम्रो छ । ” उनको दिनचर्या बिहानको मिर्मिरे उज्यालोदेखि शुरु हुन्छ ।

उनी प्रायः भैँसीका पाडापाडीको स्याहारसुसारमा धेरै व्यस्त देखिन्छिन् । परम्परागतरुपमा खेतीपाती गर्दै आएकी उनले विसं २०७० मा शुभ भैँसी फाराम दर्ता गरी व्यावसायिकरुपमा भैँसीपालनको शुरुवात गरेकी थिइन् ।

उनले भनिन् “शुरुमा एक लाखमा एक उन्नत जातको भैँसी खरीद गरी भैँसीपालन गरेका हौँ अहिले भने फाराममा साना ठूला गरी २८ वटा मुर्रा जातका भैँसी रहेका छन् । तीमध्ये १० दुहुना भैँसी रहेका छन् भने अरुले अब छिट्टै दुहुना हुने अवस्थामा छन् । ” उनले अहिले भैँसीले दैनिकरुपमा दिनेगरेको ११० देखि १३० लिटर दूध स्थानीय तुलसीपुरका डेरी उद्योगमा बिक्री गर्छिन् भने केही दूध आफ्नै फर्मबाट स्थानीवासीले खरीद गरी लिनेगरेको जानकारी दिइन् ।

दाङमा प्रतिलिटर दूधको फुटकर मूल्य ८०

मंगलवार डाँगीको भैँसी फार्ममा दूध खरीद गर्न आएकी तुलसीपुर उमहानगरपालिका–६ रजौरा निवासी ४३ वर्षीया राधा पाण्डेले आफ्नै घरआँगनमा शुद्ध दूध खान पाइने भएकाले किन्न आएको बताइन् । उनले भनिन्, “यस अघि एक लिटर दूध किन्न पनि तुलसीपुर बजार जानुपर्ने वाध्यता थियो । अहिले घर छेउमा ताजा दूध पाउँदा खुशी लागेको छ ।” सोही फर्ममा मल किन्न गएकी तुलसीपुर–६ गोलौराकी ३८ वर्षीया पूर्णिमा बस्नेतले आफूले अर्गानिक तरकारी खेती गर्दै आएकाले भैँसीको मल लिन आएको जानकारी दिइन् ।

उनले भनिन्, “एक ट्र्याक्टर मललाई तीन हजार ५०० पर्दोरहेछ खुशी लाग्यो अब लगेर हिउदे तरकारी खेती गर्छु ।” उनको फर्ममा अहिलेसम्म २५ लाखसम्म लगानी भइसकेको छ भने दुग्धजन्य पदार्थ र मल बिक्रीबाट वार्षिक २० देखि २५ लाखसम्म आम्दानी हुने गरेको छ ।

आन्तरिक व्यवस्थापकीय सबैजसो खर्च कटाएर वर्षमा कम्तीमा पनि सात लाख बचत गर्न सफल भएका उनले बताइन् । घाँसको पर्याप्त उत्पादन नहुँदा दाना तथा पराल, चरणलगायत अन्य सामग्री खरीद गर्दा लागत खर्च बढेको जानकारी दिइन् ।

“अहिलेसम्म सरकारी निकायबाट केही प्राविधिक सहयोग त पाएको छु तर अरु आर्थिक सहयोग कुनै निकायबाट पाएको छैन” “गत वर्ष तुलसीपुर उपमहानगरपालिकाले उत्कृष्ट भैँसीपालक किसान भनेर पुरस्कृत ग¥यो, त्यसबाट थप हौसला मिलेको छ”, उनले भनिन् । अहिले उनको भैँसी फार्ममा विभिन्न ठाउँबाट भैँसी हेर्न, जानकारी लिन तथा भैँसी खरीदको लागिसमेत मानिस आउने गरेका छन् ।

पढेलेखेका पैसा कमाउनकै लागि जागीर खानै पर्छ अथवा विदेश नै जानुपर्छ भन्ने छैन उनको सुझाव छ । उनी पढेको कुरा व्यवहारमा लागू गर्ने हो भने कृषि व्यवसाय गर्नुपर्छ भन्छिन् ।

यसको लागि राज्यले नारामा मात्र सीमित नभई व्यावहारिकरुपमै कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्ने उनको धारणा छ । उत्पादित सामग्रीलाई उचित बजारको प्रबन्ध गर्नसकेमा किसानमा अझै ठूलो हौसला मिल्ने उनको सुझाव छ ।

वि.सं.२०७७ माघ १६ शुक्रवार १२:५९ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...