back
NMB ad

बैंक अफ काठमाडौंका ग्राहकलाई खल्ती वालेटमा खाता लिंक गर्दा १ सय रूपैयाँ बोनस

Kumari bank ad

काठमाडौं । बैंक अफ काठमाडौंका ग्राहकले ’खल्ती’ डिजिटल वालेटमा आफ्नो बैंक खातालाई लिंक गर्दा सिधै बैंकबाट भुक्तानी सुविधाको साथमा १ सय रूपैयाँ बोनस पाउने भएका छन् । लिंक १ मिने भन्दा कम समयमा गर्नसकिने छ।

ग्राहकले बैंक अफ काठमाडौंको खातालाई एउटा मोबाइल नम्बरबाट पहिलो पटक लिंक गर्नासाथ तुरून्तै सय रूपैयाँ नगद खातामा प्राप्त गर्ने छन् । यसरी खातामा लिंक गर्दा एक पटक मात्र बोनस सुविधा पाइने छ । बैंक अफ काठमाडौं खाता लिंक गर्न ग्राहकले मोबाइल बैंकिंग सुविधा भने लिएको हुनुपर्छ ।

बैंक अफ काठमाडौंमा रहेको खाता जोडेपछि खल्ती वालेटमार्फत बस्तु तथा सेवा खरिद गर्दा सिधै बैंक खाताबाट नगद भुक्तानी गर्न सकिन्छ । बैंकका ग्राहकले खल्ती डिजिटल वालेटमा नगद लोड गर्ने झन्झट गरिरहनु पर्दैन ।

खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी सहज साथै सरल गर्नु हो । खल्ती वालेटको प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ ।

साथै भुक्तानीमा पाइने क्यासब्याकको फाइदा उठाई रकम बचत पनि सकिन्छ। खल्तीका प्रयोगकर्ताहरुको संख्या १३ लाखभन्दा बढि छन् । खल्ती एप गुगल प्ले स्टोर, एप्पल एप स्टोर र खल्ती डटकमबाट डाउनलोड गरि उपलब्ध सबै सेवाहरुको अनलाईन भुक्तानी गर्न सकिन्छ ।

वि.सं.२०७७ माघ १८ आइतवार १०:०८ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...