back
NMB ad

सिर्जना फाइनान्सले कमायो छ महिनामा २ करोड ३२ लाख नाफा

Kumari bank ad

काठमाडौं । चालू आवको छ महिनामा सिर्जना फाइनान्स कम्पनीले रू. २ करोड ३२ लाख नाफा कमाएको छ ।

यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा २५ प्रतिशत कमी आएको हो । कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू.३ करोड १२ लाख नाफा कमाएको थियो ।

चालू आवको दोस्रो त्रैमासमा कम्पनीको सञ्चालन नाफा घटेकाले नाफा घटेको हो । गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३४ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. १३ करोड ४९ लाख खुद ब्याज आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. १८ करोड १६ लाख पुगेको हो ।

चुक्तापूँजी रू. ८४ करोड ७८ लाख रहेको कम्पनीले जगेडा कोषमा रू. १७ करोड ८१ लाख, रिटेन्ड अर्निङमा रू. १२ करोड ४३ लाख र शेयर प्रिमियममा रू. १२ करोड ३३ लाख सञ्चित गरेको छ । कम्पनीको वितरणयोग्य नाफा रू. १ करोड ५७ लाख रहेको छ ।

प्रतिशेयर आम्दानी रू. ५ दशमलव ४९, मूल्य आम्दानी अनुपात ३८ दशमलव २५, तरलता अनुपात ३९ दशमलव ८२ र प्रतिशेयर नेटवर्थ रू. १३७ दशमलव १३ रहेको छ ।– प्रशिक्षार्थी पत्रकार

वि.सं.२०७७ माघ १९ सोमवार १२:२५ मा प्रकाशित

You can share this post!

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:४२

त्रिवेणी (नवलपरासी), १२ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली...

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...