काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाली बजारमा सुनको भाउ बढेको छ । आज छापावाला सुनको भाउ प्रतितोला ६ सय रुपैँयाले बढेको हो ।
शुक्रवार प्रतितोला ९० हजार रुपैँयामा कारोबार भएको छापावाला सुनको भाउ आज बढेर प्रतितोला ९० हजार ६ सय कायम कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज प्रतितोला तेजावी सुनको मूल्य ९० हजार १ सय ५० रहेको छ । आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले १३ सय १० कायम भएको महासंघले जनाएको छ ।
वि.सं.२०७७ माघ २५ आइतवार १२:०४ मा प्रकाशित