back
NMB ad

पर्वतमा दुई सडक पुल एकसाथ उदघाटनः निर्माण व्यवसायीलाई कामको गति बढाउन अध्यक्ष तिमिल्सिनाको आग्रह

Kumari bank ad

पर्वत । पर्वत जिल्लाको रती खोला र अम्बोट खोलामा निर्माण सम्पन्न दुई पक्की पुलको एकसाथ उद्घाटन भएको छ ।

मोदी गाउँपालिकाको डिमुवा-राम्जा-चित्रे सडकमा पर्ने रतीखोला पुलको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कुश्मा नगरपालिकाको अम्बोट-दुर्लुङ सडकमा पर्ने अम्बोटखोला पुल भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गले उद्घाटन गर्नुभएको हो ।

 

रती खोलामा निर्माण भएको पुल १० करोड ४५ लाख ९८ हजारको लागतमा निर्माण सम्पन्न भएको पुलको लम्बाई ७० मिटर रहेको छ । दुवैतिर १.७५ मिटरको फुटपाथ रहेको पुलको चौडाई ७.५० रहेको छ । यो पुल निर्माण भएपछि वर्षैदेखि खोलाबाट हिड्न बाध्य मोदी गाउँपालिका वडा नं ६,७ र ८ का बासिन्दा हर्षित भएका छन् ।

 

यो पुललाई पोखरा-बागलुङ राजमार्गको वैकल्पिक सडकको रुपमा प्रयोग गर्न सकिने छ । यस पुलले मोदी गाउ चित्रे–आर्थर–कार्र्कीनेटा हुँदै पर्वतको दक्षिण तथा स्याङ्जा जिल्ला समेत पुग्न सकिन्छ । धार्मिक तथा पर्यटकीय सडकको रुपमा विकास भईरहेको पोखरा–पामे–पन्चासे सडकलाई समेत यस पुलले जोड्ने छ ।

 

त्यसैगरी अम्बोट खोलामा निर्माण सम्पन्न पुलले कुश्मा नगरपालिका वडा नं ३ का साथै मोदी गाउँपालिकाको वडा नं ४ को हलहले, क्याङ तथा वडा ५ को बाजुङका स्थानीय लाभान्वित हुने भएका छन् ।

 

अम्बोेट खोलामा निर्मित पुलको लम्बाई २५ मिटर र चौडाई ७ दशमलव ५० मिटर रहेको छ । सिग्गल स्पान रहेको यो पुल ४ करोड १७ लाख ६२ हजार रुपैयाँ लागतमा निर्माण भएको हो । अम्बोट खोला पुलले दुर्लुङ बाजुङ-हलहले -क्याङ-लेस्पार सडकको कनेक्टीभिटीको रुपमा काम गर्ने स्थानीयले बताएका छन् ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पूर्वाधार विकास निर्माणको काममा देशले थप गति दिनुपर्ने बताउनुभएको छ । कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले सरकारले अगाडि बढाएका काम समयमा सम्पन्न गर्न सम्बन्धित कार्यालय तथा निर्माण व्यवसायीले आफ्नो कामको गतिमा बृद्धि गर्नुपर्ने बताउनुभयो ।

 

उहाँले राजनीतिक परिवर्तन सँगै समृद्धिको यात्रामा अगाडि बढेको अवस्थामा समयमा काम सपन्न नहुँदा योजनाहरु अलपत्र पर्ने गरेकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले आफ्नो गृह जिल्ला पर्वतमा अहिले संघीय सरकार तथा प्रदेश सरकारमार्फत राष्ट्रिय गौरव मध्यपहाडी, कालिगण्डकी करिडोरलगायत सडक तथा पक्की पुल थुप्रै योजना अगाडि बढेको जानकारी गराउनुभयो ।

 

‘पर्वतमा पूर्वाधारको क्षेत्रमा थुप्रै काम भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘अब लाख करोडको होइन, हामीले अर्बको योजना अगाडि बढाएका छौै । ‘पोखरा–राम्जा–रिडी सडक वैकल्पिक राजमार्गको रुपमा काम सुरु हुँदै छ । ग्रामिण सडक सुधार आयोजनाअन्तर्गत १०० किमी सडक पर्वतमा निर्माण हुँदैछ ।’

 

अध्यक्ष तिमिल्सिनाले पर्वत जिल्लामा आवश्यक विकास निर्माणको काममा जनताको प्रतिनिधिका रुपमा आफूले हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री नेम्वाङ्गले केपी ओली नेतृत्वको सरकार गठनकै बेलादेखि काममा आफ्नै पार्टीका नेताहरुबाट सरकार सञ्चालनका व्यवधान सिर्जना भएको बताउनुभयो ।

 

पुल उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीलाई चक्रव्यूहमा फसाउने षड्यन्त्र भएपनि सफल नभएको बताउनु भयो । उहाँले भन्नुभयो ‘महाभारतमा अभिमन्यूलाई फसाएजस्तै प्रधानमन्त्रीलाई फसाउन खोजिए पनि उहाँ त्यो चक्रव्यूह तोडेर बाहिर निष्कन सफल हुनु भयो ।’उहाँले वर्तमान सरकार जनताको सामाजिकका साथै ठूला ठूला विकासको पूर्वाधारमा लागेको बताउनु भयो ।

वि.सं.२०७७ माघ २६ सोमवार १०:३६ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...