काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ ।
संस्थाले नेप्सेलाई गराएको जानकारी अनुसार संस्थाले कास्की जिल्लाको पोखरा महानगरपालिका-१८ मा रहेको १० जिल्ला कार्यक्षेत्र भएको नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति (एक्विजिशनं गर्नको लागि सम्झौता भएको छ ।
सोमबार भएको सम्झौथामा इन्फिनिटीको तर्फबाट बलराम बिष्ट र नेपाल एग्रोको तर्फबाट विवेक श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । दुवैजना एक्विजिशन कमिटिका संयोजक हुनुहुन्छ ।
वि.सं.२०७७ माघ २७ मंगलवार १०:५१ मा प्रकाशित