काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर कम्पनीको साधारण सेयर (आइपीओ) मा १३ लाख ३७ हजार ९४२ जना आवेदकले आवेदन दिएका छन् ।
आवेदनकर्ताले २ अर्ब ३९ करोड ७६ लाख ६० हजार रुपैयाँको २ करोड ३९ लाख ७६ हजार ६०० कित्ताका लागि आवेदन दिएका छन् ।
कम्पनीले माघ २३ गते शुक्रबारदेखि सर्वसाधारणका लागि ३२ लाख ५१ हजार ६५२ कित्ता आइपीओ निष्काशन गरेको थियो । आईपीओमा आवेदन दिने आज समय सकिएको छ ।
कम्पनीले ३४ लाख ९६ हजार ४ सय कित्तामध्ये कर्मचारीलाई ६९ हजार ९२८ कित्ता र सामूहिक लगानी कोषलाई १ लाख ७४ हजार ८२० कित्ता सेयर छुट्याएको थियो । यसको बिक्री प्रबन्धकमा बीओके क्यापिटल रहेको छ ।
वि.सं.२०७७ माघ २७ मंगलवार १७:०१ मा प्रकाशित