काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कामु कार्यकारी निर्देशक शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । शाक्यको कार्यकाल ४ वर्षको हुनेछ ।
प्राधिकरण सञ्चालक समिति बैठकले कात्तिक २१ गते शाक्यलाई कामु कार्यकारी निर्देशकको जिम्मेबारी दिएको थियो ।
वि.सं.२०७७ माघ २७ मंगलवार १७:४७ मा प्रकाशित