back
NMB ad

व्यापार व्यवसाय फस्टाउने वातावरण बनाउन भूमिका निर्वाह गर्नुहोसः अध्यक्ष गोल्छा

Kumari bank ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य विजयसिंह बैद्यकोे सभापतित्वमा व्यापार समिति गठन भएको छ ।

 

समिति विस्तार कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले व्यापार समिति महासंघको महत्वपूर्ण समिति भएकाले मुलुकभित्र व्यापार व्यवसाय फस्टाउने वातावरण बनाउने कार्यमा भूमिका निर्वाह गर्न सुझाव दिनुभयो । त्यसका लागि समितिले महत्वपूर्ण विषयहरुमा सरोकारवाला निकायहरूसंग समेत सल्लाह सुझाव लिई सरकारमा लवी गर्न सुझाव दिनुभयो ।

 

मुलुकभित्र व्यापार व्यवसायलाई सहज बनाउन देखापरेका विभिन्न कठिनाई मध्ये अनुगमनको समस्या, फेयर ट्रेडको अभ्यास, व्यवसाय लागत कटौती लगायतमा समितिले आफूलाई विशेषरुपमा केन्द्रित गरी काम गर्न अनुरोध गर्नुभयो ।

 

महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले नेपालको परम्पराकाल देखिनै व्यापार व्यवसायको भूमिका माथि प्रकाश पार्दै नेपालको आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापारलाई सहज र सरल बनाउन समितिको विशेष भूमिकाको खा“चो औल्याउनु भयो ।

 

समितिका सभापति वैद्यको अध्यक्षतामा बसेको पहिलो बैठकले व्यापार तथा आपूर्ति सहजिकरण सम्बन्धमा संबन्धित निकायसंग समन्वय गरि आवश्यक काम गर्ने निर्णय गरेको छ । व्यापार तथा आपूर्तिसंग सम्बन्धित ऐन कानूनहरूका बारेमा पैरवी गर्ने र व्यापार समितिका तर्पmबाट उद्योग वाणिज्य महासंघको भिजन पेपरका लागि धारणा तयार गर्ने निर्णय गरेको छ ।

 

समितिका सह–सभापतिहरूमा महासंघको कार्यकारिणी समितिका सदस्य हेमन्त गोल्छा, पूर्व कार्यकारिणी समिति सदस्यहरू ओम प्रकाश बंशल, शिव प्रसाद घिमिरे र उद्यमी निराकर श्रेष्ठ हुनुहुन्छ ।

 

समितिका सदस्यहरूमा खाद्य किराना तथा थोक व्यवसाय संघका अध्यक्ष देवेन्द्र भक्त श्रेष्ठ, धुलिखेल उद्योग वाणिज्य संघका सचिव कोमल सुन्दर श्रेष्ठ, नेपाल उद्योग वाणिज्य संघ, काठमाडौंका कार्य समिति सदस्य गोविन्द बराल र नेपाल तयारी पोसाक उद्योग संघका सहसचिव पशुपति देव पाण्डे हुनुहुन्छ ।

त्यसैगरी समितिको आमन्त्रित सदस्यहरूमा महासंघको कार्यकारिणी समितिका सदस्य देव कुमार श्रेष्ठ, ललितपुर उवासंघका कार्य समिति सदस्य रुपेन्द्रराज शाक्य, पोखरा उवासंघका उपाध्यक्ष अर्जुन पोखरेल,नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुदर्शन प्रसाद पौडेल, देउखुरी उवासंघका अध्यक्ष रत्न श्रेष्ठ हुनुहुन्छ । यस्तै नेपाल हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष बच्चु पौडेल, उर्लावारी उवासंघका अध्यक्ष प्रितम खडगी, स्याङजा उवासंघका मानार्थ सदस्य भिमकुमार श्रेष्ठ, नेपाल फ्रेटफरवाडर्स एसोसिएनका सचिव राजेन्द्र संग्रौला, काभ्रे उवासंघका उपाध्यक्ष राजेन्द्र पसाछें हुनुहुन्छ ।

समितिका सल्लाहकारहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यहरू आनन्द अग्रवाल बगाडिया, भरतराज आचार्य, शाहिल अग्रवाल, संदिपकुमार अग्रवाल र नेपाल भारत व्यापार तथा पारवहन परियोजनाका हिमाल थापा हुनुहुन्छ ।

वि.सं.२०७७ माघ २८ बुधवार १७:४० मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...