back
NMB ad

भ्यालेन्टाइन डेः ४० प्रतिशतले घट्यो गुलाफको माग, १ करोडको कारोबार हुने !

Kumari bank ad

बिक्रम सुनार
काठमाडौं । यो वर्षको भ्यालेन्टाइन डे (प्रणय दिवस) मा अघिल्ला वर्षहरुमा जस्तो चहल-पहल ज्यादै कम छ । यो दिवस एक साता मनाउने गरिएको छ । यो नेपाली संस्कृति भने होइन, पश्चिमाहरुको संस्कार नेपालमा भित्रिएको मात्रै हो ।

 

यस दिनलाई कुनै देश, भूगोल विशेषको मान्नु भन्दा पनि माया गर्नेहरुको दिनको रुपमा मान्नुपर्छ भन्नेको कमी छैन । माया गर्नेहरुले विभिन्न व्यवस्तालाई बिर्सदै यो दिनलाई माया, प्रेममा समाहित हुनका लागि छुट्याएको दिनको रुपमा पनि लिनेको कमी छ ।

 

प्रणय दिवसमा आफूलाई मनपरेको वा आफूले माया गरेको व्यक्तिलाई गुलाबको फूल दिने प्रचलन नै बनेको छ । प्रेमको प्रतीक मानिले रातो गुलाफ यस दिवसमा प्रेम जोडीले एकअर्कालाई दिएर मनाउने गर्दछन् ।

 

तर नेपालमा भने आफूले माया गरेको मान्छेलाई दिने फूल पनि आन्तरिक उत्पादन भन्दा बढी आयातित नै हुने गरेको छ । त्यो पनि यो वर्ष कोरोनाले गर्दा कमी आएको छ । तथापी कोरोना कहरका बाबजुत पनि यो वर्ष १ लाख २० हजार स्टिम गुलाबको माग हुने अनुमान गरिएको छ ।

फ्लोरिकल्चर एशोसिएसन नेपालका अनुसार काठमाडौं उपत्यकामा मात्रै करिव ७२ हजार स्टिम गुलाफ खपत हुने र बाँकी ४८ हजार स्टिम गुलाफ काठमाडौं उपत्यकाका बाहिरका शहरहरुमा खपत हुने अनुमान छ । जम्मा गुलाफको ६० प्रतिशत उपत्यका, २० प्रतिशत पोखरा र २० प्रतिशत अन्य शहरमा खपत हुने गरेको छ । गुलाफ खपत हुने दोस्रो शहर उपत्यकापछि पोखरा रहेको छ ।

 

बजार मागको २० प्रतिशत आन्तरिक उत्पादनबाट र ८० प्रतिशत आयात गरी माग पुरा हुने फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष कुमार कसजू श्रेष्ठले बताउनुभयो ।

प्रेम दिवसको अवधिभर झण्डै १ करोडसम्मको व्यवसायिक कारोबार हुने अनुमान गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार कोरोनाका कारण गत वर्षको तुलनामा यो वर्ष स्थानीय उत्पादन र मागमा पनि ४० प्रतिशतले कमी आएको छ ।

 

यस बर्ष कोरोनाको कारणले उत्पादन तथा बजार मागमा ४० प्रतिशतले कमी आएको हो । साथै फेब्रुवरी महिनामा पर्ने प्रेम दिवसको अवसरमा नेपालमा प्रतिकुल मौसम अर्थात चिसो बढी भएकाले फूलको आन्तरिक उत्पादनमा कमि आएको छ । अधिक मात्रामा आयात गरी बजार माग पुरा गर्नु पर्ने स्थिती हुने फ्लोरिकल्चर एशोसिएसन नेपालले जनाएको छ ।

 

गत वर्ष करिब २ लाख स्टिम गुलाफको फूल प्रतिस्टिम ८० रुपैयाँ देखि एक सय रुपैयाँसम्मको हाराहारीमा कारोबार भएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

 

नेपालमा चाडपर्व बाहेकको सामान्य दिनमा प्रतिदिन सरदर ८ हजार स्टिम गुलाबको फूलको माग रहने गरेको छ । मागको ८० प्रतिशत आन्तरिक उत्पादनबाट र बाँकी २० प्रतिशत मात्र अन्य देशहरुबाट आयात गरी परिपुर्ति भइरहेको छ ।

 

तर, यो वर्षको प्रेम दिवसमा उपहार तथा गुलाफको फूलहरु खरिद गर्नेको संख्यामा कमि आएको काठमाडौंको नयाँ बसपार्क स्थित सन्देश गिफ्ट पसलका व्यापारी सन्देश बस्यालले बताउनुभयो । कोरोना लगायतका कारणले अघिल्लो वर्षहरुमा जस्तो प्रेम दिवसको रौनकता नभएको र फूलको व्यापार कम भएको उहाँको भनाइ छ ।

 

पश्चिमा संस्कृति भएपनि पछिल्लो समय नेपालमा यस दिवसलाई विशेष महत्वका साथ लिने गरिएको छ । प्रणय दिवस फेब्रुअरी १४ तारिखमा पर्दछ । नेपालमा गुलाफ फूलको व्यवसायीक खेती मुख्य गरी काठमाडौं भ्याली भित्रको तीन जिल्ला, चीतवन, काभ्रेपलाञ्चोकमा बढी रहेको छ भने अन्य जिल्लाहरुमा पनि गुलाफ फूलको व्यवसायीक खेती बिस्तार हुने क्रममा रहेको छ ।

वि.सं.२०७७ माघ २९ बिहीवार १४:१८ मा प्रकाशित

You can share this post!

देनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

देनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...