back
NMB ad

तीन वर्षमा नेपालीले स्वेदशमै उत्पादित फलाम प्रयोग गर्न पाउने छन्ः प्रधानमन्त्री ओली

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफु आगामी तीन वर्षमा नेपालीले नेपालमा नै उत्पादन भएको फलाम प्रयोग गर्न पाउने बताउनु भएको छ ।

 

त्यसको लागि द्यौवादी फलाम कम्पनी दर्ता भएको प्रधानमन्त्री ओलीले बताउनु भयो । सिंहदरबारमा रहेको मुख्य प्रशासनिक भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो ।

 

आफ्नो नेतृत्वमा सरकार बनेको तीन वर्षपुरा भएको दिन आफ्नो नेतृत्व गरेको सरकारको काम कारबाहीको सार्वजनिक गर्दै उहाँले तीन वर्ष अघि निकै अस्तव्यस्त बनेको अर्थतन्त्र अहिले चलायमान रहेको बताउनु भएको हो ।

 

तत्कालिन समयमा अस्तव्यस्थ रहेको अर्थतन्त्रले सरकार गठन भएको १ वर्ष पुरा नहुँदै लय समातेको र अहिले धेरै नै चलायमान भएको उहाँको तर्क छ । सरकार बनेको पहिलो वर्ष ७ र दोस्रो वर्ष ७ प्रतिशत भन्दा बढी आर्थिक बृद्धि हासिल भएकोमा अहिले कोरोनाका कारण अपेक्षा अनुसार काम हुन नसकेको बताउनु भयो ।  प्रधानमन्त्री ओलीले पछिल्लो ६ महिनामा १ खर्ब ५० अर्ब वैदेशिक सहायताको प्रतिबद्धता भएको जानकारी गराउनु भयो ।

 

आफु सरकारमा आउने बेला ३७४ वटा स्थानीय तहमा मात्रै बैंक रहेको र अब ४ वटा तहमा मात्रै बैंक पुग्न बाँकी रहेको बताउनु भयो । अहिले बैंकबाट जाने कर्जा ७२ प्रतिशतले बढेको उहाँको दाबी छ । प्रम ओलीले धरहराको निर्माण यसैवर्ष सकिने दाबी गर्नुभयो । सरकार बनेको १०९३ दिन पुराहुँदा ५ सय बढी पुरातात्वियीक सम्पदाको पुननिर्माण सकिएको ओलीको भनाइ छ ।

 

प्रधानमन्त्री ओलीले आफ्नो पालामा कंयौ विद्येयक छलफलमा नलगेको, भएको विद्येयक अनावश्यक छलफल गरेर राखेको, छलफल पछिको विद्येयक पनि निर्णयार्थ पेश गर्न नदिएको, राजदुत नियुक्त हुन नदिएको, आफ्नै सांसदले अवरोध गर्ने, विकास विद्येयक, सार्वजनिक गरिद ऐनलाई संशोधन गर्न बनेको विद्येयक रोकेर विकासमा अवरोध गरेको समानान्तर सरकार चलाउन खोजेको आरोप लगाउनु भयो । आफ्नै दलकाले काम गर्न नदिएको ओलीको आरोप छ ।

 

समय अघि निर्वाचनमा जान नपरोस भनेर धेरै काम गरेको तर सम्भव नभएको ओलीको भनाइ छ । पुस ५ गते अपराहन्न सम्म पनि संसद विघटन नगरौ भनेर सोचेपनि आफ्नै विरुद्ध संसदीय दलमा उजुरी गरेको ओलीको आरोप छ । त्यो अवधिसम्म संसदीय दलमा कुनै पनि आरोप वा विरोध पत्र नपरेको जानकारी गराउनु भयो । त्यो बेलामा संसद विघटन नगरेको भए बहुमतको सरकार नरहने, देश अस्थिरता र अस्थायित्वमा जाने, फेरी ९ महिनामा सरकार परिवर्तन हुने भएकोले आफु बाध्य हुनु परेको र देशलाई जोगाउन आफू लागि परेको ओलीको दाबी छ ।

 

त्यो बेलामा राष्ट्रिय राजनीतिलाई फोहोरी खेलमा जान दिने वा प्राप्त उपलब्धीलाई संस्थागत गर्नुको अरु बिकल्प आफूसँग नभएको ओलीको दाबी छ । मजबुत सरकारलाई आफ्नै सहकर्मीले चल्दै नदिने खालको अवस्थामा पुर्याएको भन्दै आफु राष्ट्रप्रति जिम्मेवार हुँदै फेरीजनमतमा गएको जानकारी गराउनु भयो । जनमतबाट केही पाउला भन्ने थियो । केही तत्वले दिएनन् । त्यसैले जनतामा जान बाध्य भएको उहाँको तर्क छ । यो अवधिमा ८९ वटा ऐन बनेको ओलीको दाबी छ ।

 

वि.सं.२०७७ फागुन ३ सोमवार १२:२८ मा प्रकाशित

You can share this post!

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...