back
NMB ad

प्रधानमन्त्री ओलीको नेतृत्वपछि ११६१ अंकले बढ्यो सेयर बजार, राष्ट्र बैंकको नीतिले थप हौसला

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेयता सेयर बजार ११६१.०६ अंकले बढेको छ । केपी ओली प्रधानमन्त्री भएको दिन अर्थात २०७४ फागुन ३ गते सेयर बजार मापन गर्ने नेप्से इन्डेक्स १४२४.९५ बिन्दुमा रहेको थियो । त्यसको तीन वर्षपछि आज (सोमबार) इन्डेक्स २५८६.०१ बिन्दुमा रोकिएको छ ।

 

प्रम ओलीले सरकारको नेतृत्व लिएपछि सेयर बजारमा सामान्य गिरावट सुरु भएको थियो । जब ओली सरकारको अर्थ मन्त्रीको रुपमा डा.युवराज खतिवडा बन्नुभयो, त्यसपछि बजारमा झनै गिरावट देखिन थाल्यो ।

 

सरकार गठन भएको एक वर्षपछि २०७५ फागुन १९ गते सेयर बजार घटेर ११००.५७ बिन्दुमा झरेको थियो । त्यो वर्ष बजार ३२४.३८ अंकले घट्यो । उक्त समयमा सेयर बजार घट्नुको प्रमुख कारण भनेको पूर्व अर्थ मन्त्री डा. खतिवडाको अभिव्यक्ती नै रहेको थियो ।

 

मन्त्री भएलगत्तै एक विदेशी सञ्चार माध्यमलाई अन्तवार्ता दिने क्रममा डा. खतिवडाले सेयर बजार अनुत्पादक क्षेत्र हो भनेर दिएको अभिव्यक्तिका कारण बजारमा गिरावट आएको थियो । नेपालको पुँजीबजारले कम्यूनिष्ट सरकारलाई नरुचाउने र काँग्रेसको सरकारलाई बढी रुचाउने भन्ने चर्चा चलिरहेको समयमा पूर्व मन्त्री डा. खतिवडाको अभिव्यक्तिले बजार घटाउन निकै सहयोग गरेको थियो ।

 

मन्त्री खतिवडाको उक्त अभिव्यक्तिपछि सेयर लगानीकर्ताहरुले नेपालमा नै पहिलो पटक आमरण अनशन समेत बस्नु परेको थियो भने मन्त्रीको राजीनामा समेत माग्नु परेको थियो । त्यो समयमा पूर्व मन्त्री खतिवडाले पुँजीबजार सुधार गर्न भन्दै नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा एउटा समिति बनाउनु भयो । जुन समितिले पुँजीबजारको सुधारको लागि भन्दै ५८ बुँदे सुझाव दियो । त्यो सुझाव अझै कार्यान्वयन भएको छैन । सुझाव कार्यान्वयन नभएपछि अहिले केही पत्रकार पुँजी बजार विकास अभियानकोे ब्यानरमा पुनः आमरण अनसनमा बस्नुभएको छ । ५८ बुँदा मध्ये १८ वटा बुँदा अझै कार्यान्वयन नभएको भन्दै अनसन थालिएको छ ।

 

डा.खतिवडा मन्त्री हुँदा निरास बनेको सेयर बजारले जब अर्थमन्त्रीको रुपमा बिष्णु प्रसाद पौडेललाई पायो, त्यसपछि बुम भइरहेको छ । पौडेल नै अर्थ मन्त्री हुँदा २०७३ साउन १२ गते १८८१.४५ को रेकर्डलाई अहिले क्रमिक रुपमा ब्रेक गरेर नेप्से इन्डेक्स २५८६.०१ बिन्दुमा पुगेको छ, यो अहिलेसम्मकै बढी हो ।

 

तत्कालीन समयमा डा. खतिवडाको अभिव्यक्तिले घटेको बजार अहिलेका मन्त्री पौडेलले सेयर बजारको विषयमा कुनै पनि अभिव्यक्ति नदिएपनि दैनिक रुपमा बुम हुँदै गएको छ र आफ्नो रेकर्ड आफै ब्रेक गरिरहेको छ । नेप्से इन्डेक्स मात्रै नभएर कारोबार रकम पनि ११ अर्बको हाराहारीमा पुगिसकेको छ । ओली नेतृत्वमा सरकार बनेयता बजारले कम्युनिष्ट सरकारमा पनि लगानीकर्ता मैत्री नीति हुने हो भने, बजारप्रति अनावश्यक आशंका नगर्ने, बजार मैत्री प्रविधि हुने हो भने सबैप्रति लगानीकर्ताले विश्वास गर्ने वाताबरण देखिएको छ ।

 

हुन त यो बीचमा विश्वब्यापी रुपमा फैलिएको कोरोना महामारी र राम्रा राम्रा कम्पनीको आईपीओलेपनि लगानीकर्तालाई सेयर बजारमा आकर्षिक गरेको छ । कोरोनाको समयमा अन्य क्षेत्रमा लगानी गर्न नपाउँदा बैंक तथा वित्तीय संस्थाले बोलाएर लगानीकर्तालाई सेयर धितोकर्जा दिन थालेका छन् ।

 

बैंक तथा वित्तीय संस्थामा अधिक तरलताहुँदा सेयर बजारले बुम हुने अवसर पाएको छ । पछिल्लो समयमा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा गर्दा सेयर धितोकर्जाको सिमा घटाउने जस्ता चर्चाले बजार केही घटाउन खोजिएको थियो । तर राष्ट्र बैंकले मौद्रिक नीतिमा भएको व्यवस्थालाई नचलाएको कारण सोमबार सेयर बजारले नयाँ रेकर्ड राखेर २५८६.०१ बिन्दुमा पुगेको छ ।

 

राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि मौद्रिक नीति ल्याउने क्रममा सेयर धितोराखी प्रदान हुने मार्जिन प्रकृतिको कर्जाको लागि कर्जा सुरक्षण मूल्य अनुपात वित्तीय संस्थाले मूल्याङ्कन गरी ७० प्रतिशतसम्म प्रदान गर्न सक्ने व्यवस्था मिलाएको थियो ।

 

यस्तै सेयर धितोमा प्रदान हुने मार्जिन प्रकृतिको कर्जा प्रवाहमा सेयरको मूल्याङ्कन गर्दा १२० दिनको अन्तिम मूल्यको औसत मूल्य वा सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम छ त्यसैको आधारमा गर्नु पर्ने व्यवस्थालाई गरेको थियो । जुन कायम नै रहेको राष्ट्र बैंकले जनाएको छ ।

वि.सं.२०७७ फागुन ३ सोमवार १६:५७ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...