back
NMB ad

जवाफदेही नहुनेलाई बोर्डको कारबाहीः एचआईडिसीएलसहित ४ कम्पनीको हकप्रद र तीन वटाको आईपीओ निष्काशन रद्द

Kumari bank ad

काठमाडौ । नेपाल धितोपत्र बोर्डले हकप्रद र आईपीओ निष्काशनका लागि पाइपलाइनमा रहेका सात वटा कम्पनीको सेयर निष्काशन प्रकृया तत्कालको लागि रद्द गरेको छ ।

 

बोर्डको सहप्रवक्ता रुपेश केसीका अनुसार हकप्रदको पाइपलाइनमा रहेका जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडिसीएल), बरुण हाइड्रोपावर कम्पनी, ङादी हाइड्रो र श्रीराम सुगर मिललाई हकप्रद सेयर निष्काशनका लागि रद्द गरेको हो । यद्यपी श्रीराम सुगर मिल भने बन्द नै भइसकेको छ ।

 

पछिल्लो समयमा एचआईडिसीएलले हकप्रद सेयर जारी गर्ने भन्ने चर्चा गराएर दोस्रो बजारमा सेयर मूल्य निकै बढाइएको छ । यो मात्रै हैन अन्य तीन कम्पनीहरु पनि लामो समयदेखि बोर्डको पाइपलाइनमा रहेका थिए । तर बोर्डले मागेको कागजात समयमा नै नदिएको कारण त्यस्ता कम्पनीलाई अहिले सेयर निष्काशनमा रोक लगाएको हो । अब कुनै पनि कम्पनीले बोर्डमा जुनसुकै खालको सेयर निष्काशन गर्नुपरेपनि ६ महिनामा सबै कागजात पेश गरिसक्नुपर्ने छ । त्यसतर्फ नै बोर्ड अग्रसर भएर काम गर्न लागेको छ ।

 

केसीका अनुसार एचआईडिसीएललाई थप कागजात मागेको १६ महिना पुग्दा पनि माग गरे अनुसार कागजत नआएको, बरुण हाइड्रोपावर कम्पनीले डेढ वर्षदेखि कागजात पेश नगरेको, ङादी हाइड्रोलेपनि डेढवर्ष भन्दा लामो समयदेखि कागजात पेश नगरेको हो । लामो समयसम्म कम्पनी बोर्डको पाइपलाइनमा हुने तर कागजात समयमा नै नुबझाएपछि यसले दोस्रो बजारमा समेत असर पर्ने सम्भावना देखिएको केसीको भनाइ छ । यसले लगानीकर्तालाई कुनै अन्योलता नहोस भनेर ६ महिना भन्दा बढी समयदेखि मागेको कागजात नदिने सबैलाई पाइपलाइनबाट हटाएको केसीले बताउनु भयो ।

 

केसीका अनुसार आईपीओ निष्काशनका लागि पाइपलाइनमा रहेका सुभम पावर, तेह्रथुम पावर र इमर्जिङ नेपाललाई समेत सेयर निष्काशनसमा रोक लगाइएको छ । यी कम्पनीहरुले अब हकप्रद तथा आईपिओ निष्काशन गर्नको लागि कानून अनुसार सुरुवाती चरणबाट नै आवेदन दिनुपर्ने हुन्छ ।

वि.सं.२०७७ फागुन ४ मंगलवार १३:५० मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...