back
NMB ad

एनआईसी एशियाको अनलाईन भुक्तानीे प्रणालीलाई गेटवे पेमेन्ट सर्भिसले व्यवसायीहरू माझ पुर्याउने

Kumari bank ad

काठमाडौं । एनआईसी एशिया बैंकले ल्याएको कार्डमा आधारित अनलाईन भुक्तानी प्रणालीलाई गेटवे पेमेन्ट सर्भिसले व्यवसायीहरु माझ पुर्याउने भएको छ ।

डिजिटल बैंकिङ्गलाई आत्मसात गर्दै गतिशील बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले नेपालमा पहिलोपटक भित्र्याएको कार्डमा आधारित अनलाईन भुक्तानी गेटवे प्रणाली (साइबरसोर्स) लाई गेटवे पेमेन्ट सर्भिस प्रा. लि. नामक फिनटेक कम्पनीले आम व्यवसायीहरूमाझ पु¥याउने भएको हो ।

उक्त कम्पनीले नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालक (PSO) को सेवा तथा सुविधा गर्ने अनुमति प्राप्त गरेपश्चात् यस बैंकले ल्याएको अन्तर्राष्ट्रिय गेटवे प्रदायक कम्पनी Cybersource Inc. को गेटवे प्रणालीलाई नेपालमा सरल डिजिटल भुक्तानी प्रणालीलाई प्रभावकारी बनाउने बैंकले विश्वास लिएको छ ।

यसबाट इच्छुक मर्चेन्टहरूले जुनसुकै राष्ट्रिय तथा अन्तर्राट्रिय बैंकद्वारा प्रदान गरिएको कार्डहरूमार्फत भुक्तानी प्राप्त गर्न सक्ने प्रणाली सुचारु गर्न सक्नेछन् ।

अमेरिका, चीन, भारत लगायत एशिया, युरोप र अफ्रिकाका विभिन्न देशहरूमा प्रयोग भइरहेको साइबरसोर्स गेटवे प्रणाली आफ्नो उच्च सफलता दर र निर्वाध भुक्तानीका लागि विश्वजगतमा प्रतिष्ठित छ ।

यस सुविधामार्फत ठूलो संख्यामा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्ड प्रयोगकर्ताहरूसँग देशमा रहेका विभिन्न मर्चेन्टहरूले व्यवसायिक सम्बन्ध कायम गरी सोझै आफ्नो बैंक खातामा भुक्तानी प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

यस सहकार्यबाट उक्त फिनटेक कम्पनीले नेपालमा VISA, Mastercard, UnionPay लागयतका कार्डहरूबाट भुक्तानी गर्न मिल्ने प्रणालीको विकास गर्न समेत सघाउ पुग्नेछ भने नेपालका ठूला तथा मझौला व्यापारीहरूको उत्पादित बस्तु तथा सेवाहरूको सर्वसुलभ रुपमा अन्तर्राट्रिय बजारमा बिक्री वितरणमा सहयोग पुगी व्यवसायीहरूलाई आत्मनिर्भर बनाउने लक्ष्य लिइएको छ ।

समयअनुरुप परिष्कृत सेवा तथा सुविधा भित्र्याउन लागिरहेको यस बैंक र उक्त फिनटेक कम्पनी बीचको सहकार्यबाट आगामी दिनहरूमा देशका अन्य फिनटेक कम्पनीहरूसँग सहकार्य गर्दै आम नागरिकहरूसमक्ष डिजिटल बैंकिङ्गको पहुँच पु¥याउन सहयोग पुग्नेछ ।

साथै यस बैंकले विभिन्न वालेट तथा PSO जस्ता फिनटेक कम्पनीहरूलाई कारोबार फच्र्यौट सुविधा (Settlement Service) दिइरहेको अवस्थामा बैंकको डिजिटल बैंकिङ्ग प्रणालीको विकास गर्नका लागि विभिन्न फिनटेक कम्पनीहरूलाई सशक्तिकरणको अभियान चलाइरहेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिम कायम रहेकै बेला भीडभाड क्षेत्रमा जानु उपयुक्त नदेखिएकाले महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारबाट जारी गरिएका स्वास्थ्य सम्बन्धी निर्देशन एवं मापदण्डहरूको परिपालना गर्दै बैंकले भीडभाडलाई सकेसम्म न्युनीकरण गर्नका लागि पछिल्लो समयमा फिनटेक कम्पनीहरूमार्फत सहकार्य गर्दै बैंकिङ्ग सेवा तथा सुविधालाई प्राथमिकताका साथ डिजिटलाइज गरिरहेको छ ।

वि.सं.२०७७ फागुन ७ शुक्रवार १८:१६ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...