back
NMB ad

बैंकिङ समूहमा पहिरो जाँदा सेयर बजारमा भारी गिरावट, जलविद्युत कम्पनीका लगानीकर्ता मालामाल

Kumari bank ad

काठमाडौं । सोमबारको कारोबारमा बैंकिङ समूहमा पहिरो जाँदा सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । सोमबार नेप्से मापन गर्ने सूचक ३२.६७ अंकले घटेर परिसूचक २६०७.६७ बिन्दुमा रोकिएको छ ।

 

नेप्से इन्डेक्स सँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९.२२ अंकले घटेर ४७०.३६ बिन्दुमा रोकिएको छ । यो दिनको कारोबारमा लगानीकर्ताको ध्यान नाफा बुक गर्नेतर्फ देखिएको छ । २०७ कम्पनीको २ करोड १६ लाख १४ हजार ४५२ कित्ता सेयर ८ अर्ब ४० करोड ६३ लाख १० हजार ६७१ रुपैयाँमा किनबेच भएको छ । कारोबारमा सबै समूहको उपसूचकमा गिरावट आएपनि जलविद्युत समूह र अन्य समूहको परिसूचकमा सुधार देखिएको छ । यो दिन जलविद्युत कम्पनीका लगानीकर्ता मालामाल बनेका छन् । जलविद्युत ४५.८५ र अन्य समूहको उपसूचक २७.८६ अंकले बढेको छ भने बैंकिङ ५२.५५, विकास बैंक ६४.८५, निर्जीबन बीमा १०८.५१, माइक्रोफाइनान्स ५६.९५, जीवन बीमा समूहको उपसूचक ३५१.३४ अंकले घटेको छ ।

कारोबार रकमको आधारमा एनआईसी एसिया बैंक अग्रस्थानमा रहेको छ । बैंकको ३८ करोड २४ लाख ७५ हजार रुपैयाँ बढीको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल इन्फ्रास्टक्चर बैंक, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था रहेका छन् । सोमबारको कारोबारमा आँखुखोला जलविद्युत कम्पनी, नेपाल इन्फ्रास्टक्चर बैंकm नेपाल हाईड्रो डेभलपर्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

वि.सं.२०७७ फागुन १० सोमवार १५:१४ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...