back
NMB ad

कृषकलाई व्यवसायिकरणमा आकर्षित गर्ने कार्यक्रम राज्यले ल्याउँछः कृषिमन्त्री अर्याल

Kumari bank ad

स्याङ्जा । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसानलाई सम्मान गर्ने संस्कारको विकास गर्नुपर्ने बताउनुभएको छ । स्याङ्जाको गल्याङस्थित सार्वजानिक माध्यमिक विद्यालयमा प्राविधिक शिक्षालयको साझेदारीमा व्यवसायिक उत्पादन शुरु गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो ।

 

विगतमा काम गरिनेखाने वर्गलाई हेला गर्ने संस्कार परिर्वतन हुदै आएको भन्दै उहाँले अहिले ती गलत कुराहरु परिवर्तन हुँदै किसानलाई सम्मान गर्ने संस्कारको विकास भएको बताउनुभयो । किसानलाई सम्मान गर्ने संस्कृतिको विकास भएको बताउँदै मन्त्री अर्यालले भन्नुभयो, ‘कृषि कर्म गर्नेलाई होच्याउने होईन हामीले सलाम गर्नुपर्छ । हिजोको सामन्तवादी सोचलाई परिर्वतन गर्नुपर्छ ।’

 

कृषिकै माध्यमबाट देशलाई समृद्ध बनाउन सकिने भन्दै उहाँले कृषिमा आधुनिकिकरण, यान्त्रिकीकरण, व्यवसायीकरणका लागी सरकार विशेष कार्यक्रमका साथ अगाडि बढेको बताउनुभयो । काम नगर्नेलाई ज्यू हजुर गर्ने र काम गर्नेलाई हेला गर्ने होच्याउने संस्कार सामान्तवादी संस्कार भएको भन्दै मन्त्री अर्यालले हिजोका ती गलत संस्कार परिर्वतन भएको बताउनुभयो ।

 

कृषकलाई व्यवसायिकरणमा आकर्षित गर्न राज्यले विभिन्न कार्यक्रमहरु ल्याउने उहाँले बताउनुभयो । ‘कृषि मन्त्रालयले कृषि तथा पशुको विकासका लागी विभिन्न अनुदान र सहुलियतका कार्यक्रमहरु ल्याएको छ । कृषकको खेतबारीमै सरकार जोडिनेछ’, मन्त्री अर्यालले भन्नुभयो ।

 

माटो र हावापनी सुहाउँदो कृषि प्रणालीलाई अबलम्बन गर्नुपर्ने भन्दै उहाँले कृषिमा प्रविधिको अधिकतम उपयोग गरी कृषि क्रान्ती गर्ने बताउनुभयो । नयाँ सोच र प्रविधिका साथ सरकार अगाडि बढेको भन्दै स्याङ्जा जिल्लामा कृषिको विकासका लागी प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘एक पालिका एक उत्पादन’का साथ जिल्लालाई कृषिका माध्यमबाट समृद्ध बनाइने समेत उहाँको भनाई छ ।

 

स्याङ्जामा सुन्तला र कफीको जोन बनाउने कार्य कार्यान्वयन भईरहेको भन्दै अन्य फलफुल तथा तरकारीको जोन बनाइने बताउनुभयो ।त्यस क्रममा प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम अन्र्तगत मन्त्री अर्यालले १० लाख रुपैयाँको चेक विद्यालयलाई हस्तान्तरण गर्नुभयो ।

वि.सं.२०७७ फागुन १० सोमवार १६:१३ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...