काठमाडौं । नागरिक बचतपत्र २०८२ ‘क’ मा माग भन्दा बढी आवेदन परेपछि राष्ट्र बैंकले बिक्री बन्द गरेको छ ।
राष्ट्र बैंकका अनुसार ९ प्रतिशत ब्याज दिनेगरी २ अर्ब रुपैयाँको नागरिक बचतपत्र २०८२ ‘क’ माघ २७ देखि फागुन १८ गतेसम्म बिक्री खुला भएको थियो ।
मागभन्दा बढी आवेदन परेपछि आज (फागुन १३ गते)देखि बिक्री बन्द गरिएको राष्ट्र बैंकले जनाएको छ ।
वि.सं.२०७७ फागुन १३ बिहीवार १०:४५ मा प्रकाशित