back
NMB ad

ई-कमर्शमा युवापुस्ताको आकर्षण बढ्योः उपाध्यक्ष रेग्मी

Kumari bank ad

काठमाडौं । ई-कमर्श कम्पनी कल्प इन्टरनेट भन्चर्स प्रा.लि. चौथो वार्षिकउत्सव सम्पन्न भएको छ ।

कार्यक्रममा कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघका उपाध्यक्ष खुसल रेग्मीले ई-कमर्श कम्पनीहरुको संभावनाहरु जानकारी गराउनु भयो । उहाँले यो क्षेत्रमा युवापुस्ताको आकर्षण बढेको बताउनु भयो ।

म्पनीका कार्यकारी निर्देशक एवं सञ्चालक भुवन पौडेलले वर्तमान परिप्रेक्षमा अनलाइन प्लेटफर्महरुको अवसर र चुनौतिबारे जानकारी गराउनु भयो । उहाँले कल्पमार्टले बिशेसगरि ग्राहक र व्यवसायीबीचको समस्याहरुलाई सम्बोधन गर्दै, समयसापेक्ष प्रविधिलाई जोड दिदै आईरहेको जानकारी गराउनुभयो । ई-कमर्श क्षेत्रलाई सरकार तथा आईटी क्षेत्रसँग सम्बन्धित छाता संगठनहरुले प्राथमिकताका साथ सहयोग गर्नुपर्ने कुरा बताउनुभयो ।

विगत एक दशकदेखी विभिन्न इ–कमर्श कम्पनीहरु व्यावसायिक रुपमा सञ्चालनमा आइरहेका छन् । इकमर्श कम्मनीहरुले विभिन्न वस्तुहरु जस्तै खाद्य, लत्ताकपडा, विद्युतिय सामाग्री जस्ता समानहरु पहिले नै भुक्तानी तथा डेलिभरिको समयमा भुक्तानी सेवा दिईरहेका छन् ।

कल्पमार्ट डटकम, कल्प इन्टरनेट भन्चर्स प्रा.लि. अन्र्तगतको एक मल्टी भेन्ड्रो इकमर्श प्लार्टफर्म हो । कम्पनी विगत ४ वर्ष देखि पोखराबाट सुरु भएको हो । कल्प लजिस्टिकबाट नेपालका ७० भन्दा बढि शहरहरुमा डेलिभरीको समयमा भुक्तानी सुविधा तथा प्रिपेडको सन्दर्भमा जुनसुकै ठाउँमा आफ्नो सेवा विस्तार गरिसकेका छन् ।

कार्यक्रममा कुशल सुन्दर श्रेष्ठले ई–कमर्शको क्षेत्रमा युवाहरुको सहभागीता र यसको महत्वलाई प्रष्ट पार्दै स्वदेशमा युवा जागरणको आवश्यकता रहेको जनाउनुभयो ।

वि.सं.२०७७ फागुन १३ बिहीवार १६:४२ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...