back
NMB ad

किन देखिएन महिला लघुवित्त आइपीओको नजिता ५ घन्टासम्म ? जिम्मेवार निकाय सम्पर्क बिहीन

Kumari bank ad

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको आइपीओ (साधारण सेयर)को नजिता थाहा पाउन नसकेर लगानीकर्ता हैरानीमा परेका छन् ।

सिडिएससीले अहिले आइपीओको नतिजा अनलाइन सञ्चार माध्यमलाई दिन प्रतिबन्ध लगाएर सिडिएससीको मेरो सेयर, बिक्री प्रबन्धक र आइपीओ निष्काशनकर्ता कम्पनीको वेवसाइटमा नै हेर्ने व्यवस्था गरेको छ । तर मेरो सेयर प्रोसेसिङ मात्रै देखाउने, बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको वेवसाइट नखुल्ने र आइपीओ निष्काशन कर्ता कम्पनी महिला लघुवित्त वित्तीय संस्थाको वेवसाइट पनि खुलेको छैन् ।

जसले गर्दा लगानीकर्ता आईपीओ बाँडफाँड भएको ५ घन्टासम्म पनि आफूलाई सेयर परेको वा नपरेको थाहा पाउनबाट बन्चित भएका छन् । यस विषयमा सम्पर्क गर्न खोज्दा सिडिएससीका कुनै अधिकारी पनि सम्पर्कमा आउन चाहेका छैनन् ।

लगानीकर्तालाई बिक्री प्रबन्धक तथा निष्काशन कर्ता कम्पनीभन्दा मेरो सेयर हेर्न बानी परेको र सजिलो हुने भएका कारण मेरो सेयर धेरैले खोल्दा अहिले लोड बढी देखिएको छ । यता सिडिएससीले सफ्टवयेरको क्षमता बढाएको बताएपनि शुक्रबार भने मेरो सेयर खुलेको छैन ।

वि.सं.२०७७ फागुन १४ शुक्रवार १२:५८ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...