काठमाडौं । यो साता सेयर बजारमा १७ करोड ३६ लाख ९१ हजार ५९९ कित्ता सेयर थपिएको नेप्सेले जानकारी गराएको छ ।
नेप्सेका अनुसार यो साता १५ वटा कम्पनीको १७ करोड ३६ लाख ९१ हजार ५९९ कित्ता सेयर बजारमा थपिएको छ । जसमा दुई वटा कम्पनीको साधारण सेयर १ वटा कम्पनीको हकप्रद र १२ वटा कम्पनीको बोनस सेयर रहेको छ ।
आईपीओ सूचीकृत हुने कम्पनीमा ८.५ % सानिमा ऋणपत्र २०८७ को ३० लाख ५२ हजार ४०४ कित्ता र सानिमा लार्ज क्याप फण्डको १२ करोड कित्ता रहेको छ । यस्तै अपी पावर कम्पनीको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर रहेको छ ।
बाँकी बोनस सेयर सूचिकृत हुने कम्पनीमा राधी विद्युत हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, सानिमा माई हाईड्रोपावर, प्राइम लाइफ इन्स्योरेन्स, एभरेष्ट बैंक, स्पर्श लघुवित्त वित्तीय संस्था, आईसीएफसी फाइनान्स, वमी लघुवित्त वित्तीय संस्था, आशा लघुवित्त वित्तीय संस्था, स्टयान्र्डड चार्टर्ड बैंक, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था, मेगा बैंक, कृषि विकास बैंकको बोनस सेयर थपिएको हो ।
वि.सं.२०७७ फागुन १४ शुक्रवार १४:४६ मा प्रकाशित