काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत कम्पनीको विभाजन तथा हेरफेर गरेको सोही अनुसार परिसूचक गणना गरेको छ ।
काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले हाल कामय रहेको ११ वटा समूहगत परिसूचकमा एउटा थपेर १२ वटा बनाएको छ । २१८ वटा कम्पनीलाई ११ वटा समूहगत परिसूचकमा गणना गरिदैआएकोमा ‘लगानी’ समूह थपगरी १२ वटा समूहको समूहगत परिसूचक कायम गरिएको छ ।
नेप्सेका अनुसार अन्य समूहमा रहेका ८ वटा कम्पनीमध्ये ४ वटा कम्पनी नागरिक लगानी कोष, जलविद्युत लगानी तथा विकास कम्पनी, नेपाल इन्फ्रास्टक्चर बैंक र एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंक रहेका छन् ।
यी कम्पनीलाई राखेर नयाँ समूह बनाइएको हो । यस्तै साबिकको होटल समूहको नाम परिवर्तन गरी होटल्स तथा पर्यटक समूह बनाइएको छ । यसमा चन्द्रागिरी हिल्सलाई समावेश गरिएको छ । आगामी दिनमा नेप्सेले म्युचुअल फन्ड, सेन्सेटिभ, सेन्सेटिभ फ्लोट । समगं परिसूचक नेप्से गरी १६ वटा परिसूचक गणना गर्ने छ ।
वि.सं.२०७७ फागुन १४ शुक्रवार १६:२५ मा प्रकाशित