back
NMB ad

प्रहरीले कर छलिका मोबाइल नियन्त्रणमा लिएपछि ताम्राकार कम्प्लेक्सका व्यवसायी भन्छन्ः हामीलाई बदनाम गराउने काम भयो

Kumari bank ad

काठमाडौं । महानगरीय प्रहरी वृत जनसेवाले काठमाडौं महानगरपालिका–२२ न्यूरोडस्थित ताम्राकार कम्प्लेक्स तथा सोही ठाँउबाट कर छलि गरेको ५० लाखको मोबाइल नियन्त्रणमा लिएपछि स्थानीय व्यवसायीहरुले आपत्ति जनाएका छन् ।

मोबाइल व्यवसायी संघ (ताम्राकार कम्प्लेक्स)ले कम्प्लेक्समा संचालित मोवाइल व्यवसायीहरुको पसलबाट अवैध कार्य गरेको भन्दै प्रहरीले सामाग्रीहरु उठाएर लगेको घटनाप्रति आपत्ति जनाएका हुन् । संघले पत्रकार सम्मेलन गरी व्यवसायीलाई बदनाम पार्ने नियतले प्रहरीले मोबाइल उठाएर लगिएको आरोप लगाएका छन् ।

प्रहरीले कर छलि गरेर ल्याएका ५० लाख रुपैयाँ मूल्य बराबरको १७७ थान मोबाइल र ७ जना व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३ जना मोबाइल पसलका सञ्चालक रहेका छन भने ४ जना विभिन्न पसलमा म्यानेजरको रुपमा काम गर्ने कर्मचारी रहेका छन् ।

संघ ताम्राकार कम्प्लेक्सका अध्यक्ष जगत साउदले ताम्राकार कम्प्लेक्समा संचालनमा रहेका मोबाइल व्यवसायीहरुको पसलमा प्रवेश गरेर सामाग्रीहरु उठाएर लगेको आरोप लगाउनु भयो । ‘पसलमा कार्यरत कर्मचारीहरुलाई समेत पक्राउ गरेर थुन्ने काम गरिएको छ’ उहाँले भन्नुभयो ‘मर्यादित रुपमा व्यवसाय गर्न पाउने अधिकार सुनिश्चित नभए सम्पूर्ण व्यवसाय बन्द गरेर कडा आन्दोलनमा जान बाध्य हुनेछौं ।’

साउदले प्रहरीले पसलबाट ग्राहकहरुको मर्मतका लागि ल्याएर छाडेका मोबाइल फोनसमेत लगेको हुनाले ग्राहकलाई फिर्ता गर्न कठिन भएको जानकारी दिनुभयो । ग्राहकहरुको मोबाइलमा भएको डाटा र व्यक्तिगत जानकारी चोरी हुनसक्ने भएको भन्दै त्यसको जिम्मेवारी प्रहरी प्रशासनले लिनुपर्ने बताउनु भयो ।

वाणिज्य विभाग वा राजस्व विभागले मात्र अनुगमन गर्न पाउने स्पष्ट व्यवस्था रहेको भन्दै अध्यक्ष साउदले प्रहरीले ताम्राकार कम्प्लेक्सका मोबाइल व्यवसायीहरुलाई तर्साउने कार्य निन्दनिय भएको आरोप लगाउनु भयो । उहाँले यथाशिघ्र रुपमा जनसेवा प्रहरीले पसलबाट लगेका मोबाइल सेटहरु फिर्ता गरी क्षतिपुर्तिसमेत दिन आग्रह गर्नुभयो ।

र यो पनि …

ताम्राकार कम्प्लेक्समा मोबाइलको गैर कानूनी कारोबार बढ्यो, ५० लाखको मोबाइलसहित ७ जना पक्राउ

वि.सं.२०७७ फागुन १४ शुक्रवार १७:१० मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...