back
NMB ad

राजस्व छलि गर्ने रजनीश ट्रेडिङका सञ्चालन गुप्ता विरुद्ध करिब २६ करोड विगो दाबीसहति मुद्दा दर्ता

Kumari bank ad

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व छली गर्ने एकजना विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ ।

विभागले बीरगञ्ज उप-महानगरपालिका-१० स्थित रजनीश ट्रेडिङ कन्सर्न तथा डल्फीन ट्रेडर्स प्रा.लि. का संचालक तथा प्रोप्राइटर रजनीश कुमार गुप्ताले राजस्व चुहावट गरेको अभियोगमा २५ करोड ८० लाख ६५ हजार ४२३ रुपैयाँ विगो असुल गरी जरिवाना र कैद सजाय मागदावी सहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको विभागले जनाएको छ ।

गुप्ताले भन्सार चोरी पैठारी गरी भन्सार, मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूर गरेको देखिएको । गुप्ताले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख), र (छ) बमोजिम कसुर गरी देहाय बमोजिम राजस्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २ (छ१) बमोजिम कूल जम्मा विगो २५ करोड ८० लाख ६५ हजार ४२३ रुपैँया कायम गरी मुद्दा दायर भएको हो ।

गुप्तालाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ को उपदफा (१) र (३) तथा सोही ऐन (पहिलो संशोधन २०७६ को दफा २३ (१), २३ (१) को खण्ड (घ) र २३ (४) बमोजिम विगो रकम असुल उपर गरी जरिवाना र कैद सजाय हुन मागदावी लिई उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको विभागको भनाई छ ।

वि.सं.२०७७ फागुन १७ सोमवार १०:३० मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...