काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको सञ्चालकमा निर्वाचित निर्वाचित दुई जनाले पदबहाली गर्नु भएको छ । इन्स्योरेन्सका अनुसार माघ २८ सम्पन्न २० औं साधारणसभाबाट सेयरवालाको प्रतिनिधित्व गर्ने दुई जना निर्वाचिन हुनुभएको हो ।
सेयरधनीको तर्फबाट निर्वाचित हुनेमा बिमल प्रसाद ढकाल र कृष्णराज लामिछाने भएको इन्स्योरेन्सले जनाएको छ । इन्स्योरेन्सको फागुन ११ गते बसेको सञ्चालन समितिको बैठकले नवनिर्वाचित संचालकलाई पदबहाली गराएको छ । यसअघि सेयरधनीको तर्फबाट संचालकमा प्रतिनिधित्व गर्दै आउनु भएको प्रकाश मुन्दरा हटेको इन्स्योरेन्सको भनाइ छ ।
वि.सं.२०७७ फागुन १७ सोमवार १८:२१ मा प्रकाशित