काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । मंगलबार छापावाला सुनको भाउ प्रतितोला १ हजार ७ सय रुपैयाँले घटेको छ ।
अघिल्लो कारोबार दिन ८८ हजार ७ सय रुपैंयामा किनबेच भएको सुनको मूल्य घटेर प्रतितोला ८७ हजार रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मुल्य ८६ हजार ६५० रुपैंया तोकिएको छ।
यस्तै, चाँदीको मुल्य घटेको छ । आज प्रतितोलामा ४० रुपैंयाले ओरालो लागेर प्रतितोला १२ सय ९० रुपैंया कायम भएको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन चाँदीको मूल्य प्रतितोला १३ सय ३० रुपैंया रहेको थियो ।
वि.सं.२०७७ फागुन १८ मंगलवार ११:११ मा प्रकाशित