back
NMB ad

रियलमी ८औँ सिरिजमा १०८ एमपी क्यामेरा, मोबाइल फोटोग्राफीमा नेतृत्वदायी उपस्थिति

Kumari bank ad

काठमाडौं । विश्वमा तीव्र बजार विस्तार गर्दै गएको चिनियाँ स्मार्टफोन कम्पनी रियलमीले सातौँ सिरिजको स्मार्टफोनको व्यापक सफलता पछि ८औँ सिरिजको फोन सार्वजनिक गर्ने तयारी गरेको छ ।

कम्पनीले यस सिरिजमा पहिलोपटक मोबाइल फोटोग्राफीका क्षेत्रमा नेतृत्व लिन सक्ने गरी १०८ एमपी क्यामेरा यस सिरिजमा राख्न लागेको जानकारी दिएको छ ।

कम्पनीले आज एक भच्र्युल कार्यक्रम मार्फत आठौँ सिरिजमा मोबाइल फोटोग्राफीलाई उच्च प्राथमिकतामा राखेर निर्माण गर्न लागिएको उक्त फोनमा प्रयोग हुने १०८ एमपीको क्यामेराबारे जानकारी दिएको छ । ८औँ सिरिजको यस मोबाइलले स्मार्टफोन क्षेत्रमा नयाँ ट्रेन्ड निर्माण गर्ने दावी कम्पनीको छ ।

रियल ८ प्रोको क्यामेरा सामसुङको पछिल्लो उत्पादनमा प्रयोग गरिएको १०८ एमपी क्यामेराको स्वरुप अनुसार १÷१.५२ सेन्सरर १२०००/९००० पिक्सेलमा केन्द्रित भएर निर्माण गरिएको छ ।

यसमा रहेको ठूलो एकल–पिक्सेल साइजले गुणस्तरीय तस्वीरको सुनिश्चितता गरेको छ । यसैगरी ‘एचएम२’ले‘नाइन–इन–वानपिक्सेल बिन्निङ’, ‘आइएसोओ सेल प्लस’ र ‘स्मार्ट आइएसोओ’मोबाइल तस्वीर सेन्सरका कारण यो फोन स्पष्ट रउत्कृष्ट तस्वीरका लागि सक्षम छ ।

रियलमी ८ प्रोमा प्रयोग गरिएको १०८ एमपीको क्यामेराले उज्यालो र अँध्यारो दुबैमा हरेक विवरण स्पष्ट देखिने गरी तस्वीर खिच्न सक्दछ । जुम गरेर हेर्दा फोटो फाट्ने समस्या यसमा छैन, अझ राम्रोसँग फोटोको विवरण हेर्न सकिन्छ ।

रियलमी राखिएको सेन्सरसहितको १०८ एमपीको यस आधुनिक क्यामेराले सेवाग्राहीलाई थुप्रै अनुकूल र उत्साहजनक सुविधाहरु प्रदान गर्नेछ ।

‘इन–सेन्सर’जुम, झनै बढि स्पष्ट

यसमा प्रयोग गरिएको ‘इन–सेन्सर’जुम प्रविधिका कारण फोटो जुम गर्दा थप स्पष्ट भएर देखिन्छ र फोटो फाट्दैन । इन सेन्सर जुममाथ्रि–एक्स मोड सक्रिय हुने र यसले १२ मेगापिक्सेलसम्म फैलिएको तस्वीरको विवरण देखाउनेछ । १२ एमपी आकारसम्मको सानो फोटोका कारण यसको इमेजिङ प्रक्रिया तीव्र छ । स्पष्टता बढाउने एल्गोरिथमको विशेषताका कारण तस्वीर झनै स्पष्ट देखाउन क्यामेरा सबल भएको छ ।

यसमा प्रयोग गरिएको ३ह्सेटिङले अप्टिकल टेलिफोटोको लेन्स बाट खिचेको तस्वीर भन्दा पनि यसको क्यामेरा बाट खिचेको तस्वीर उत्कृष्ट ठहरिएको छ ।

स्मार्टफोनमापहिलोपटक ‘टाइम लाप्स’ स्टारी मोड

रियलमीले यस सिरिज मार्फत पहिलोपटक स्मार्टफोनको दुनियाँमा टाइम लाप्स स्टारी मोड समेत सार्वजनिक गरेको छ । विशेषतः स्टारी टाइम लाप्स पेशेवर क्यामेरा हुने विशेषता हो, जसमा दुई वा दुई भन्दा बढी भिडियो क्लिप गरिन्छ र भिडियो सम्पादन मार्फत तिनलाई संकलन गरेर जोडिन्छ । फोटो संश्लेषण एवं संयोजनका लागि टाइम लाप्स स्टारी मोड एकदमै चुनौतीपूर्ण मानिन्छ ।

रियलमीे टाइम लाप्स भिडियो अल्गोरिथम विशेषताका साथ आउने तयारीमा छ, जसमा ४८० सेकेण्डमा ३० वटा तस्वीर खिच्न सकिनेछ र यो मोडमा संश्लेषण गरी संयोजन गरिसके पश्चात् ती तस्वीरलाई ४८० गुणा बढी स्पीडका साथ १ सेकेन्डमा हेर्न सकिनेछ ।

टिल्ट–शिफ्ट फोटोग्राफीःसूक्ष्म संसार

महँगो टिल्ट शिफ्ट लेन्सको प्रयोग गरेर यसमा टिल्ट शिफ्ट फोटोग्राफीको विशेषता पनि प्रदान गरिएको छ, जसले फोटोको केबल एक भागलाई फोकस गरेर स्पष्ट देखाउँछ र अन्य भाग ब्लर गरेर सूक्ष्म संसारको अनुभूति दिलाउँछ ।

रियलमी ८औँ सिरिजको फोन टिल्ट शिफ्ट तस्वीर खिच्नका अलावा १० औँ गुणा तीव्र टिल्ट शिफ्ट टाइम लाप्स भिडियो खिच्न समेत सक्षम छ । दृश्यहरू फरक र नयाँ तरिकाले हेर्नका लागि यो विशेषता उत्तम छ ।

स्मार्टफोनको दुनियामा यो फिचरको प्रयोग गर्ने रियमली ८ प्रो नै पहिलो हो । यसमा ब्लर र स्पष्ट दुबै क्षेत्रतर्फ आकार, कोण, स्थिति, अवस्था लगायतलाई थपघट गर्न सकिने विशेषताहरु पनि राखिएको छ, जसले दृश्यलाई अझ शानदार बनाउने विश्वास गरिएको छ ।

नयाँ प्रोट्रेट फिल्टर

अचेल अधिकांश स्मार्टफोनहरुले तस्वीरको फोकसिङ क्षेत्र बाहेकलाई ब्लर गर्ने फिचरहरु सार्वजनिक गरेका छन् । नयाँ ट्रेन्ड स्थापना गर्न रुचाउने रियलमीले ८औँ सिरिजको यस मोबाइल फोनमा आइकोनिक, नियोन, डायनामिक र एआई कुल फिल्टरहरु राखेको छ ।

प्राथमिकतामाक्यामेरा, मोबाइलफोटोग्राफीको नयाँयुग

विभिन्न सिरिजका मोबाइल फोनहरुको उत्पादनकाक्रममा रियलमीले क्यामेरालाई प्राथमिकता दिँदै नयाँ र विशेष फिचरहरु राख्दै आएको छ । रियलमी नयाँ प्रविधि र फिचरहरुका साथ विशेषगरी युवाजमातका क्षेत्रमा नेतृत्वदायी उपस्थिति जनाइरहेको छ ।

यसै क्रममा १०८ एमपीको क्यामेरा राखिएको यस सिरिजको मोबाइलमा थप नयाँ ट्रेन्ड स्थापना गर्न सक्ने फिचरहरु राखिएका छन् ।

कम्पनीको बारेमा

रियलमी छोटो समयमा नवीनतम् फिचर्सहरुसहित प्रविधिको क्षेत्रमा दू्रत रुपमा उदाएको स्मार्टफोन कम्पनी हो । जसका एआइओटी उत्पादनहरु विश्वभर लोकिप्रय छन् । ‘चुनौतीदेखि उन्नतिसम्म’ एजेण्डाका साथ लेटेस्ट टेक्नोलोजी र डिजाइनमा चासो राख्ने विशेषगरी युवापुस्तामा यसका उत्पादनहरु लोकप्रिय छन् ।

२०२० को तेस्रो त्रैमासिकमा सार्वजनिक ‘काउन्टर पोइन्ट’को रिपोर्टले विश्वका मुख्य स्मार्टफोन बजारमा रियलमी उच्च रहेको देखाएको थियो । उक्त रिपोर्टअनुसार विश्वमै उत्कृष्ट ७औँ नम्बरको बजार रियलमीको थियो ।

२०१९ मा स्थापना भएको यो कम्पनीले २०२० को तेस्रो त्रैमासिक सम्ममा ८०८ प्रतिशले बजार वृद्धि गरि विश्वभर हालसम्म २ करोड ५० लाख बढी आफ्नाग्राहक बनाउन सफल भएको छ ।

हाल रियलमीका चीन, दक्षिण एसिया, यूरोप, रसिया, अस्ट्रेलिया लगायतका देशमा ६१ ठूला बजार र विश्वभर ५ करोड बढी प्रयोगकर्ता रहेका छन् ।

वि.सं.२०७७ फागुन १८ मंगलवार १७:०५ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...