back
NMB ad

गोरखा डिपार्टमेन्ट स्टोरमा एनआईसी एशिया बैंकद्वारा क्यूआर भुक्तानी सेवा

Kumari bank ad

काठमाडौं । एनआईसी एशिया बैंकले पूर्वी नेपालमा विगत दुई दशकदेखि सञ्चालनमा रहेको गोरखा डिपार्टमेन्ट स्टोरका ४ वटा शाखामा क्यूआर भुक्तानी सेवा उपलब्ध गराएको छ ।

नगदरहित कारोबारलाई विस्तार गर्दै देशभर सहज डिजिटल कारोबारको प्रोत्साहन गर्ने उद्देश्य अनुरुप बैंकले उक्त सेवा उपलब्ध गराएको छ ।

उक्त सन्दर्भमा बैंकको तर्फबाट प्रदेश १ र २ का डेपुटी प्रोभिन्सियल पर्फमेन्स एसोरेन्स इकोसिष्टम प्रकाशचन्द्र अधिकारी र स्टोरका तर्फबाट महाप्रबन्धक बलराम आचार्यले समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।

बैंकले सजिलो एकाउन्टसँगको सहकार्यमा डिपार्टमेन्ट स्टोरको बिलमै फोन पेको क्यूआर कोड आउने नवीनतम प्रणालीको सुरुवात गरेको छ । जसमार्फत कम्प्युटरको स्कृनमै क्यूआर कोड स्क्यान गरी उपभोक्ताहरूले खरिद रकम भुक्तानी गर्न सक्नुहुनेछ ।

फोन पेमा आबद्ध बैंकका ग्राहक महानुभावहरूले उक्त डिपार्टमेन्ट स्टोरका मोरङ जिल्लास्थित विराटचोक तथा पथरी, सुनसरी जिल्लाकोे इटहरी र झापा जिल्लाको दमक रहेका चार वटा शाखाहरूबाट क्यूआर भुक्तानी सेवा प्रयोग गर्न सक्नुहुनेछ ।

स्मार्टफोन प्रयोगकर्ताहरूको संख्या उल्लेख्य बृद्धि भएसँगै क्यूआर बाट भुक्तानी गर्ने महानुभावहरूको संख्यामा समेत तीव्र रुपमा बृद्धि भइरहेको अवस्थाबीच विद्युतीय माध्यमबाट भरपर्दो कारोबार गरी नेपाल सरकारको ‘डिजिटल नेपाल फ्रेमवर्क’ अभियानलाई सहयोग गर्ने र नगद कारोबारको सट्टा डिजिटल कारोबारतिर ग्राहक महानुभावहरूलाई आकर्षित गरी मुलुकलाई नगदरहित कारोबार बनाउन सहयोग पु¥याउन यस योजनालाई बैंकले अगाडी बढाएको हो ।

वि.सं.२०७७ फागुन २० बिहीवार १७:०४ मा प्रकाशित

You can share this post!

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...