काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से २१ अंकले ओरालो लागेको छ । आइतवार २१ दशमलव ५८ अंकले घटेर नेप्से २ हजार ४८५ दशमलव ९ अंकमा पुगेको छ ।
आज साढे ५ अर्ब रुपैयाँ बढको कारोबार भएको छ । उक्त दिन होटल तथा पर्यटन र जलविद्युतबाहेकका सबै समूह घटेका छन्। होटल तथा पर्यटन ५० अंक र जलविद्युत १८ अंकले बढेको छ ।
बैंकिङ १२, ब्यापार १८१, विकास बैंक ५, फाइनान्स ३, निर्जीवन बीमा ८५, उत्पादन ८२, अन्य १७, माइक्रोफाइनान्स ५१, जीवन बीमा ३०६ र लगानी समूह १ अंकले घटेका छन्।
आज तीन कम्पनीको शेयर मूल्य १० ले वृद्धि भएको छ । चन्द्रागिरि हिल्स, नेपाल हाइड्रो डेभलपर्स र रैराङ हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको हो ।
वि.सं.२०७७ फागुन २३ आइतवार १५:२२ मा प्रकाशित