back
NMB ad

पहिलो महिला डेपुटी गभर्नर निलम ढुंगानाको महिलालाई नेतृत्व तहमा पुग्न् यस्ता छन् ‘टिप्स’

Kumari bank ad

काठमाडौं । नेपाली इतिहासमा पहिलो पटक नेपाल राष्ट्र बैंकले महिला डेपुटी गभर्नर पाएको छ । वि.सं २०५४ सालमा राष्ट्र बैंकमा सहायक निर्देशकबाट प्रवेश गर्नुभएकी निलम ढुंगाना तिमिल्सिना निकै मेहनती, क्षमतावान भएकै कारण अहिले डेपुटी गभर्नर बन्नुभएको छ ।

उहाँ नेपाल राष्ट्र बैंकको पहिलो महिला डेपुटी गभर्नर भएपनि आफू नै अन्तिम भने नभएको उहाँको भनाइ छ । राष्ट्र बैंकमा अहिले २२० जना महिला कर्मचारी रहेको र सबै जना निकै क्षमतावान रहेको उहाँको भनाई छ । उहाँले आफू मातहतका निकै क्षमतावान कर्मचारीहरुलाई केही सुझाव समेत दिनु भएको छ ।

अर्थतन्त्रसँगको कुराकानीमा उहाँले राष्ट्र बैंकमा आफू डेपुटी गभर्नर भएपनि आगामी दिनमा महिला कर्मचारी डेपुटी गभर्नर मात्रै होइन त्यो भन्दा माथीसम्म जाने सम्भावना रहेको बताउनु भयो । अहिले राष्ट्र बैंकमा धेरै नै क्षमता भएका महिला कर्मचारी रहेको उहाँको भनाई छ । त्यस्ता कर्मचारीलाई केही ‘टिप्स’ दिनुभएको छ, डेपुटी गभर्नर ढुंगानाले ।

राष्ट्र बैंकमा रहेका महिला कर्मचारीलाई म सदैव उत्साह, उर्जा दिनेछु । उहाँहरुले आफुमा भएको क्षमतालाई कसले के भन्ने हुन्, भनेर मनमा कुनै पनि कुरा नसोची काम गर्नुपर्छ । आफूमा भएको क्षमता उजागर गर्नुपर्छ । काम गर्दा अरुको अगाडि हामी कम छैनौ भन्ने भावनाको विकास गर्नुपर्छ । निडर भएर काम गर्नुपर्छ ।

काम गर्दा सदैव उच्च मनोबल राखेर काम गर्नुपर्छ । जब मानिसमा काम गर्दा मनोबल बलियो हुन्छ, त्यो मानिसले जीवनमा कहिल्यै पछिपर्नुपर्दै । मनोबल हरेक मानिसक महत्वपूर्ण सम्पती हो । उच्च मनोबलका साथ काम गर्ने जो कोही पनि व्यक्ति जीवनमा कहिल्यै पनि पछि पर्नुपर्दैन ।

काम गर्दा महिला भनेर कहिल्यै पनि मन सानो, खिन्न बनाउँनु हुँदैन । मन सानो बनाउनु भन्दा उहाँहरुलाई पनि नेतृत्व लिने अवसर दिनुपर्छ । म महिला हो, कतै मैले काम गर्न सक्दिन की भनेर सोच्नु भन्दा पनि मैले भनेको वा जिम्मेवारी दिए अनुसारको काम गर्न सक्छु, आफुले जिम्मेवारीमा पाएको काम जुनसुकै अवस्थामा पनि पुरा गर्नैपर्छ भन्ने सोच राख्नुपर्छ र त्यसबाट कुनै पनि बाहनामा पन्छिन मिल्दैन ।

महिलालाई हरेक काममा सहभागिता गराउनुपर्छ, त्यसको लागि मेहनत भने गर्नैपर्छ, साथै अवसर पनि दिनुपर्छ । सबैभन्दा महत्वपूर्ण कुरा भनेकै आफू अरु भन्दा कम छैन भन्ने भावनाको विकास चै गर्नैपर्छ । कार्य क्षेत्रमा हुँदा सदैव लगनशिलताका साथ काम गर्नुपर्छ । जो मेहनत गर्छ, त्यसको परिणाम पनि राम्रा हुनेछ । दक्ष, क्षमतावान कर्मचारीलाई अगाडि बढाउन नेतृत्वले पनि सोच्नुपर्छ । राष्ट्र बैंकको सन्दर्भमा त्यो भइरहेको पनि छ । त्यसको लागि मैले पनि काम गर्नेछु ।

पहिला भन्दा अहिले राष्ट्र बैंकमा धेरै फराकिलो सोच बनेको छ । अहिले यहाँ जो जति महिला हुनुहुन्छ उहाँहरुलाई भविष्यमा कुनै पनि समस्या हुँदैन । मेरो तर्फबाट पनि सदैव उहाँहरुलाई प्रेरणा मिल्ने छ । उहाँहरुलाई अघि बढाउनका लागि मैले सदैव सहयोग गर्नेछु । उहाँहरुलाई नेतृत्वमा ल्याउनको लागि सदैव मेरो साथ र सहयोग रहने छ ।

केन्द्रीय बैंक मात्रै नभएर समग्र बैंकिङ क्षेत्रमा पनि नेतृत्व तहमा महिला आउनु जरुरी छ । त्यसको लागि पनि मैले सकेसम्म पहल गर्नेछु । नीजि क्षेत्रमा बैंकको तल्लो तहमा महिला कर्मचारीको संख्या निकै बढेको छ । नेतृत्व तहमा कम देखिएपनि उहाँहरुले आफ्नो क्षमतालाई नलुकाइ, कसले के भन्छ भनेर नसोची आफ्नो योग्यता, क्षमताले भ्याएसम्म काम गर्न सकेको खण्डमा नेतृत्व तहमा पुग्न कसैले पनि रोक्न सक्दैन । तर उत्प्रेरणा भने हामीले सबैलाई दिनुपर्छ ।

वि.सं.२०७७ फागुन २७ बिहीवार १६:१९ मा प्रकाशित

You can share this post!

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...