काठमाडौं । चैत महिनाको पहिलो दिन १ गते सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ ।
सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनप्रति तोला ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजावी सुन प्रति तोला ८६ हजार १५० सय रुपैयाँमा कारोबार भएको छ ।
शुक्रबार छापावाल र तेजावी सुनको मूल्य प्रति तोला क्रमशः ८६ हजार २ सय रुपैयाँ र ८५ हजार ७५० सय रुपैयाँ रहेको थियो । आइतबार चाँदीको मूल्य प्रतितोला १२ सय ७० रुपैयाँ रहेको छ ।
वि.सं.२०७७ चैत १ आइतवार १३:२४ मा प्रकाशित