काठमाडौं । प्रभु क्यापिटलले चितवनको भरतपुरमा सेयर बजार सम्बन्धी २ सय जनालाई आधारभूत तालिम दिएको छ ।
कार्यक्रममा प्रभु क्यापिटलका प्रबन्ध सञ्चालक दिनेश थकालीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत पूँजी बजार सम्बन्धी तालिम प्रभावकारी हुने बताउनु भयो । कार्यक्रमहरुले वित्तिय साक्षरता अभिवृद्धिमा मद्दत गर्ने बताउनु भयो ।
कार्यक्रममा युनियन लाइफ इन्स्योरेन्सका प्रदेश २ का डेपुटि प्रदेश प्रमुख इन्द्र राज सुवेदिले मोफसलमा यस्ता कार्यक्रमको आयोजना हुनु सुखद पक्ष रहेको र यसले सेयर बजारको बारेमा चेतना अभिवृद्धि गर्ने बताउनु भयो ।
कार्यक्रममा नेपालको सेयर बजारको अवस्था, लगानी किन गर्ने, प्राथमिक बजार तथा धितोपत्रको दोश्रो बजार, सेयर बजारलाई प्रभाव पार्ने तत्वहरुका साथै सेयर बजार विश्लेषण गर्ने आधारभूत विश्लेषण तथा प्राविधिक विश्लेषण एवं आफ्नो पोर्टफोलियो कसरी बनाउने, लगानी व्यवस्थापन भनेको के हो लगायतका विषयमा जानकारी सहभागीहरुलाई जानकारी गराइएको बताइएको छ ।
वि.सं.२०७७ चैत १ आइतवार १७:२१ मा प्रकाशित