back
NMB ad

खुलामञ्चमा फेरि चल्यो डोजर

Kumari bank ad

काठमाडौँ । केही समयअघि खुलामञ्च खुला गर्न डोजर चलाएको महानगरपालिकाले आइतबार पनि खुलामञ्चमा डोजर चलाएको छ ।

महानगरले आइतबार खुलामञ्चमा भएका संरचना भत्काइ दिएको छ । दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुननिर्माण कार्य अन्तिम चरणमा पुगेपछि पुननिर्माणका लागि थुपारेका निर्माण सामग्री र संरचना हटाई खुलामञ्चलाई खुला गर्ने अभियानलाई काठमाडौँ महानगरपालिकाले निरन्तरता दिएको छ ।

काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपती सापकोटाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), दरबार हाइस्कुल र राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणलाई पत्र काटेरै खाली गर्ने वातावरण बनाउन आग्रह गरेको र त्यहि अनुसार खुला गर्ने कार्यलाई निरन्तरता दिएको जानकारी दिनुभयो । ‘आज खुलामञ्चमा पुर्ननिर्माणका लागि निर्माण सामग्री राख्न निर्माण गरेका संरचना वरीपरीको वार भत्काएका छौँ,’ उहाँले भन्नुभयो, ‘अब त्यहाको अस्थायी संरचना पनि छिट्टै भत्काउँछौँ र खुलामञ्चलाई पुरै खुला गर्छौ ।’

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यको निर्देशन अनुसार नै खुला गर्ने अभियानलाई निरन्तरता दिएको जानकारी बताइएको छ । दरबार हाइस्कुल निर्माण सम्पन्न भई हस्तान्तरण भईसकेको र वीर अस्पताल पनि निर्माण सम्पन्नको चरणमा रहेको भन्दै केही दिनभित्रै सबै खुला गरिने भएको छ । यस्तै बसपार्कलाई अन्यत्रै व्यवस्थापन गरी छिट्टै त्यसलाई समेत खुला गरिने बताइएको छ ।

वि.सं.२०७७ चैत १ आइतवार १८:५१ मा प्रकाशित

You can share this post!

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ११:०५

काठमाडौं । ड्रिम इन्टरनेशनल आईपीओ निष्काशन गर्ने भएको छ ।...

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:५४

फुङ्लिङ (ताप्लेजुङ), ७ वैशाखः ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा...

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:४८

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ बढेको छ...

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:३७

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:१६

चौतारा (सिन्धुपाल्चोक), ७ वैशाखः जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस...

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...