back
NMB ad

चैतमा डेढ दर्जन संस्थाको साधारणसभा, कम्पनीको हेल्चेक्र्याईले सेयर लगानीकर्ता मर्कामा (कम्पनीसहित)

Kumari bank ad

काठमाडौं । सूचीकृत कम्पनीहरुले समयमा नै साधारणसभा नगर्दा लगानीकर्तामा त्यस्ता कम्पनीहरुप्रति निरासा बढेको छ । कम्पनीहरुले हरेक आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात पुस मसान्तसम्म साधारणसभा सम्पन्न गरिसक्नुपर्ने छ । तर कयौं कम्पनीले अहिलेपनि साधारणसभा गर्न सकेका छैनन् । चैत महिनामा पनि १८ वटा कम्पनीले साधारणसभा गर्न समय नै निर्धारण गरेका छन् ।

पुस मसान्तसम्म गर्नुपर्ने साधारणसभा चैतमा गर्न विभिन्न १८ वटा कम्पनीमा ८ वटा लघुवित्त, ३ वटा विकास बैंक, २ वटा इन्स्योरेन्स कम्पनी, २ वटा फाइनान्स कम्पनी, २ वटा हाइड्रोपावर कम्पनी र नेपाल दुरसञ्चार कम्पनी रहेको छ । चैत ५ गते नेशनल माइक्रोफाइनान्स र सिभिल लघुवित्त वित्तीय संस्थाले सभा बोलाएका छन् ।

साधारणसभामा नेशनल माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट २१ प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) दिने प्रस्ताव पारित गर्नेछ । क्रिक रिर्सोट धादिङमा हुने साधारणसभाको प्रयोजनका लागि फागुन १५ देखि २८ गतेसम्म बुक क्लोज गरिसकेको छ । यस्तै सोही दिन सिभिल लघुवित्त वित्तिय संस्थाको पनि साधारणसभा रहेको छ । कम्पनीले आव ०७६/७७ को मुनाफाबाट ३.५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.१८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने छ । साधारणसभाको लागि फागुन २३ देखि चैत ३ गतेसम्म बुक क्लोज गरिसकेको छ ।

चैत ९ गते दुई कम्पनीले साधारणसभा डाकेका छन् । उक्त दिन शिखर इस्योरेन्स र सिन्धु विकास बैंकले पनि साधारणसभा बोलाएको छ । शिखर इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट २७.७७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.४६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ । साथै ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि साधारणसभामा लैजाने भएको छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि फागुन १४ देखि चैत ५ गतेसम्म बुक क्लोज गर्दैछ ।

स्वावलम्बन लघुवित्त वित्तिय संस्थाले १९ औँ साधारणसभा चैत ११ गते गर्ने भएको छ । कम्पनीले आव २०७६/७७ को मुनाफाबाट १९ प्रतिशत बोनस र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने भएको हो । कम्पनीले फागुन २६ गते बुक क्लोज गरेको छ ।

चैत १३ गते दुई कम्पनीले साधारणसभा डाकेका छन् । नेपाल दुरसञ्चार कम्पनी र महालक्ष्मी विकास बैंकले उक्त दिन साधारणसभा बोलएका हुन् । दुरसञ्चार कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफबाट प्रतिसेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदै छ । साधारणसभाका लागि फागुन २८ गते बुक क्लोज गरेको छ । त्यसै दिन साधारणसभा गर्न लागेको महालक्ष्मी विकास बैंकले आव २०७६/७७ को मुनाफाबाट ८.८० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । साधारणसभाको लागि फागुन २८ देखि चैत ११ गतेसम्म बुक क्लोज हुने कम्पनीले जनाएको छ ।

चैत दास्रो साता दुई कम्पनीले साधारण सभा गर्दैछन् । जसमा सबैको लघुवित्त कम्पनी र सृजना फाइनान्स रहेको छ । १४ गते छुट्टा–छुट्टै स्थानमा साधारणसभा हुनेछ । सभामा सबैको लघुवित्तले आव २०७६/७७ को मुनाफाबाट १०.१५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारणसभाका लागि भन्दै फागुन २८ देखि चैत १३ गते बुक क्लोज गर्दैछ । त्यसैगरी सृजना फाइनान्सको २० औँ साधारणसभा चैत १४ गते हुने छ । कम्पनीले आव २०७६÷७७ को मुनाफाबाट १३.५९ प्रतिशत बोनस र कर प्रयोजनका लागि ५७ लाख ५९ हजार ७५१ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ । साधारणसभाका लागि कम्पनीले भोलि मंगलबार अर्थात चैत ३ गते बुक क्लोज गर्दैछ ।

चैत १७ गते नेपाल हाइड्रो डेभलपर्सको साधारणसभा हुने भएको छ । आव २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ । कम्पनीको साधारणसभाको लागि फागुन २८ देखि चैत १४ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

चैत १८ गते पनि दुई लघुवित्त कम्पनीले फरक-फरक स्थानमा साधारणसभा गर्दैछन् । मिर्मिरे लघुवित्त वित्तीय संस्था र महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले साधारणसभा गर्ने भएका हुन् । मिर्मिरे लघुवित्तले आव २०७६/७७ मुनाफाबाट ९.१९ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४८ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्नेछ । साधारणसभाका लागि कम्पनीले चैत १ देखि १४ गतेसम्म बुक क्लोज गर्दैछ । त्यस्तै, महिला सहयात्रा लघुवित्तले चैत १८ गते गर्ने साधारणसभामा आव २०७६/७७ को मुनाफाबाट १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०. ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसको लागि चैत ३ देखि १७ गतेसम्म कम्पनीले बुक क्लोज गर्ने भएको छ ।

चैत २० गते ३ वटा लघुवित्त कम्पनीले साधारण सभा गर्दैछन् । उक्त दिन डिप्रोक्स लघुवित्त, सर्पोट लघुवित्त र यूनाईटेड इर्दिले सभा गर्ने भएका हुन् । डिप्रोक्स लघुवित्त सेयरधनीलाई १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ । कम्पनीले चैत ८ देखि १८ गतेसम्म बुक क्लोज गर्नेछ । यस्तै, चैत २० गते नै सर्पोट लघुवित्तले साधारणसभा गर्दैछ । साधारणसभा प्रयोजनका लागि कम्पनीले चैत १ गते नै बुक क्लोज गरेको छ ।

यसैगरी चैत २३ गते प्रिमियर इन्स्योरेन्सले २७ औँ साधारणसभा बोलाएको छ । आव २०७६-७७ को मुनाफाबाट सेयरधनीलाई ११.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । साधारणसभा प्रयोजनका लागि चैत ६ देखि २० गतेसम्म बुक क्लोजको मिति तय गरेको छ ।

कम्पनीहरुले समयमा नै साधारणसभा नगर्ने र लाभांश पनि एक वर्षपछि दिनाले लगानीकर्तामा निरासा छाएको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताउनुभयो ।

‘सामान्यतया दास्रो त्रैमासअघि कम्पनीहरुले साधारणसभा गर्नुपर्ने नियम छ, कम्पनीहरुले जानिबुझी नै त्यो नियम मिचिरहेको देखिएको छ’ उहाँले भन्नुभयो ‘कम्पनीहरुले लगानीकर्ताको अधिकारप्रति हेलचेक्र्याई गरेका छन् ।’

साधारणसभा समयमा नै सम्पन्न नगर्दा राजस्व घट्ने उहाँको भनाई छ । कम्पनीहरुले साधारणसभा गर्नका लागि राष्ट्र बैंकको स्वीकृत, बीमा समितिसँग स्वीकृत लिनुपर्ने भन्दै लगानीकर्तामा कम्पनीहरुले जालझेलले गरेको उहाँको तर्क छ ।

यसको सुधारका लागि सम्बन्धित निकायहरुमा आवश्यक छलफल अगाडि बढाएको उहाँको भनाई । समयमा साधारणसभा नगर्ने कम्पनीहरुका लागि सुचना प्रकाशन गर्ने जरिवाना तिराउने लगायतका कार्य भयो भने समयमा नै साधारणसभा सम्पन्न हुने उहाँको विश्वास छ ।

निमयमै आधारित रहेर कम्पनीहरुले समयै साधारणसभा गर्नुपर्नेमा उहाँले जोडदिनुभयो । ‘नियम त छ, तर कार्यान्वयनमा कडाई गर्नुपर्छ, अध्यक्ष रौनियरले भन्नुभयो,‘ समयमा नै साधारणसभा गर्ने हो भने व्यक्ति कम्पनी र सरकारलाई समेत फाइदा हुन्छ ।’

वि.सं.२०७७ चैत २ सोमवार १८:२० मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...