काठमाडौं । प्रहरी प्रधान कार्यालय, केन्द्रिय अनुसन्धान ब्यूरोले बैंकिङ कुसुर मुद्दामा फरार भएका झापाका ५१ वर्षीय उपेन्द्र प्रसाद ढुंगानालाई प्रकाउ गरेको छ ।
ढुंगाननाले २०७५ असार २ गते खाली चेक (खातामा रकम नभएको) उर्मिला कँडेललाई दिएका थिए । खाली चेक दिएपछि उच्च अदालत पाटनले ढुंगानालाई बैंकिङ् कसुर मुद्दामा एक महिना कैद र बिगो बमोजिम एक करोड ८५ लाख जरिवना हुने ठहर गरेको थियो ।
उक्त सजाय बेरुजू रही फरार रहेका ढुंगाना काठमाडौंमा लुकीछिपी बसिरहेको अवस्थामा प्रहरीले प्रकाउ गरेको हो । आज फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको ब्यूरोले जानकारी दिएको छ ।
वि.सं.२०७७ चैत ४ बुधवार १४:४६ मा प्रकाशित