काठमाडौं । सिटिजन्स बैंकले चैत १३ गते बुक क्लोज गर्ने भएको छ । सिटिन्स बैंक र तिनाउ मिशन डेभलपमेन्ट बैंकको एकीकृत कारोबार प्रयोजनका लागि उक्त दिन बुक क्लोज गर्ने भएको हो ।
बुधवार बसेको बैंकको संचालक समितिको बैठकले चैत १३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको थियो ।
वि.सं.२०७७ चैत ५ बिहीवार १०:५२ मा प्रकाशित