back
NMB ad

अन्तर्राष्ट्रिय विकास सहायता प्रतिबद्धता ७१.५ % ले बढ्यो, कुन क्षेत्रमा कति ?

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा अन्तर्राष्ट्रिय विकास सहायता प्रतिबद्धता ७१.५ प्रतिशतले बढेको छ । अर्थ मन्त्रालयका अनुसार गत आवको सात महिनामा १ खर्ब ९ अर्ब २८ करोड रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा १ खर्ब ८७ अर्ब ४३ करोड ६० लाख रुपैयाँ पुगेको छ ।

उक्त प्रतिबद्धतामध्ये अनुदान सहायता ९.७ प्रतिशत र ऋण सहायता ९०.३ प्रतिशत रहेको छ । यस्तै द्धिपक्षीय सहायता ३.३ प्रतिशत र बहुपक्षीय सहायता ९६.७ प्रतिशत रहेको छ । कुल वैदेशिक सहायता प्रतिबद्धतामा सहक तथा सुशासन क्षेत्रमा सबैभन्दा बढी २८.८ प्रतिशत, उर्जा क्षेत्रमा २४.६ र बजेटरी सहायताको रुपमा १२.६ प्रतिशत प्राप्त भएको छ ।

माघ महिनासम्ममा सरकारले ७ अर्ब ४६ करोड अनुदान र २५ अर्ब ३९ करोड ऋण गरी ३२ अर्ब ८५ करोड वैदेशिक सहायता प्राप्त गरेको अर्थ मन्त्रालयले जानकारी गराएको छ । मन्त्रालयका अनुसार सबैभन्दा बढी सडह तथा सुशासनमा ५४ अर्ब रुपैयाँ रहेको छ । यो भनेको समग्र प्रतिद्धताको २८.८ प्रतिशत हो ।

यस्तै दोस्रोमा उर्जा क्षेत्र रहेको छ । उर्जामा ४६ अर्ब १४ करोड ५० लाख रुपैयाँ अर्थात २४.६ प्रतिशत रहेको छ । बजेटरी सहायतामा २३ अर्ब ६८ करोड ४० लाख रुपैयाँ रहेको छ । जम्मा सहायताको १२.६ प्रतिशत बजेटरी सहायतामा रहेको छ । यस्तै सहरी विकासमा १७ अर्ब ७६ करोड ३० लाख र क्षमता विकासमा १७ अर्ब ७६ करोड ३० लाख रुपैयाँ नै रहेको छ ।

मन्त्रालयका अनुसार खानेपानी तथा सरसफाइको क्षेत्रमा ५ अर्ब ८९ करोड ३० लाख, शिक्षामा ४ अर्ब ४६ करोड २० लाख, स्वास्थ्यमा ३ अर्ब ४० करोड २० लाख, वन तथा वातावरणमा १ अर्ब ७५ करोड, कोरोनाको लागि १ अर्ब ३२ करोड ४० लाख र पुनर्निर्माणको लागि ६० करोड रुपैयाँ रहेको छ ।

वि.सं.२०७७ चैत ५ बिहीवार १३:०७ मा प्रकाशित

You can share this post!

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...