back
NMB ad

उद्योग व्यवसायको हितमा कानुन सुधार गर्न संसद अधिवेशन नबसे अध्यादेश ल्याउँछुः प्रधानमन्त्री ओली

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवसाय संचालनमा आइपरेका कानुनी, प्रशासनिक र नीतिगत अप्ठ्याराबारे सरकारसँग खुुलस्त कुरा राख्न उद्योगी र व्ययवसायीहरुलाई अपिल गर्नुभएको छ ।

देशका अग्रणी उद्योग व्यवसायीसँग प्रधानमन्त्री निवासमा आयोजित छलफल एवं अन्तक्र्रिया कार्यक्रममा उहाँले भन्नुभयो, ‘कुन कानूनको कुन दफा अन्तर्गतको कुन प्रावधानले तपाईहरुलाई अप्ठ्यारो र त्यो सच्याउँदा के लाभ हुन्छ, लिखित रुपमा ल्याउनुस्, सरकारले आवश्यक कार्य गर्छ ।’

प्रधानमन्त्री ओलीले सम्बोधनको क्रममा यस्ता उद्योग व्यवसाय क्षेत्रको हितका लागि कानुन सुधार गर्न संसद अधिवेशन नबसेको अवस्थामा अध्यादेश ल्याउनसमेत आफू तयार रहेको बताउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्रीसमक्ष नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ र माडवारी संघ लगायतका उद्योग व्यवसायसँग सम्बन्धित संघ संस्थाका प्रतिनिधिहरुले उद्योग व्यवसाय कार्यमा बाधा पारिरहेका कानुनहरुको संशोधन गर्न र कोभिड १९ ले आक्रान्त पर्यटन र साना तथा लघु उद्योग क्षेत्र उकास्ने विशेष कार्यक्रम ल्याउन सुझाव दिनुभएको छ ।

त्यसैगरी हालको कर प्रणालीलाई वैज्ञानिक बनाउन तथा उद्योग व्यवसायीलाई सम्मानपूर्ण दृष्टिले हेर्ने वातावरण निर्माणका लागि आवश्यक नीति बनाउनु पर्ने सुझाव समेत उनीहरुको थियो । यसैगरी औद्योगिक क्षेत्रहरुमा बाटो र बिजुली लगायतका पुर्वाधारको व्यवस्था गर्न सुझाव रहेको छ ।

व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्रीले सरकार निकट भविष्यमा नै देशको आर्थिक परिचय फेर्ने योजनाका साथ अघि बढिरहेकोले व्यवसायीहरुको भावनालाई कदर गरिने समेत बताउनुभयो । उद्योगी व्यवसायीलाई उत्पादन र निर्यातमुलक व्यवसायतर्फ लाग्न समेत उहाँले आव्हान गर्नुभयो । ‘ठूलो परिमाणमा उत्पादन, गुणस्तरीयता, प्रतिस्पर्धात्मक मूल्य र समयमै उपलब्धतामार्फत दुई तिरका छिमेकमा रहेको ठूलो बजार पाउन सक्छौं, प्रधानमन्त्रीको भनाई थियो । सरकार लक्ष्य निर्धारण गरेर अघि बढीरहेको बताउँदै उहाँले सबै नागरिकका जैविक र मानवीय आवश्यकता पुरा गर्नेतर्फ सरकार अघि बढीरहेको समेत बताउनुभयो ।

एउटा क्षेत्रमात्र नभई समग्र क्षेत्रको उन्नतीका लागि अघि बढन खोजिएको भनाई प्रधानमन्त्री ओलीको थियो । ‘कोही पनि पछाडी पर्नु हु्न्न र पछाडी पारिनु हुन्न भन्ने धारणा सरकारको छ’, उहाँले भन्नुभयो ।

कार्यक्रमा नेकपा एमालेमा प्रवेश गरेका नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स मारवाडी संघ लगायतका २ सय ३५ भन्दा बढी उद्योगी ब्यवसायीलाई प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री एवं पार्टी महासचिव ईश्वर पोखरेलले स्वागत गर्नुभएको थियो ।

यसरी पार्टी प्रवेश गर्नेमा उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष किशोर प्रधान, हितेश गोल्छा रहनु भएको छ । यसै गरी ललित अग्रवाल, सिताराम अग्रवाल,कृष्ण प्रसाई नरेन्द्र गुप्ता,ओमप्रकाश बंशल,जुगल किशोर धनावत लगायत मारवाडी समुदायका व्यवसायी पनि नेकपा एमालेमा प्रवेश गर्नुभएको हो ।

वि.सं.२०७७ चैत ७ शनिवार ११:२९ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...