काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको मूल्य घटेको छ । शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाला सुनको मूल्य तोलाको ८६ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन ८६ हजार ९ रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको मूल्य ८५ हजार ८५० रुपैयाँ तोकिएको छ ।
यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीवार प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही भाउमा खरिदविक्री हुने महासंघले जनाएको छ ।
वि.सं.२०७७ चैत १३ शुक्रवार १०:५६ मा प्रकाशित