काठमाडौं । होली पर्वको दिन रियल टाइम ग्रोस सेलमेन्ट (आरटीजीएस) सेवा सुचारु हुने भएको छ ।
राष्ट्र बैंकका अनुसार फागु पुर्णिमाको दिन चैत १५ र १६ गते सार्वजनिक बिदा हुने भएपनि आरटीजीएस सेवा भने बन्द नहुने भएको छ ।
पहाडमा १५ गते र तराइका जिल्लामा १६ गते सार्वजनिक बीदा रहेको छ । उक्त दिन पनि यो सेवा नियमित हुने भएको छ ।
वि.सं.२०७७ चैत १३ शुक्रवार १७:५३ मा प्रकाशित