काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा यस साता तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
सेयर बजारमा यस साता बुटवल पावर कम्पनी, नेशनल लाइफ इन्स्योरेन्स र सनराइज बैंकको १ करोड ९ लाख ५८ हजार ७४३ कित्ता सेयर थपिएको हो ।
नेप्सेमा बुटवल पावर कम्पनीका २६ लाख ७४ हजार ७८७ कित्ता, नेपाल लाइफ इन्स्योरेन्सको ३० लाख ८२ हजार ६२६.५३ कित्ता र सनराइज बैंकको ५२ लाख १ हजार ३३० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
वि.सं.२०७७ चैत १५ आइतवार १४:१३ मा प्रकाशित