काठमाडौं । होलिपछि सेयर बजार राताम्मे बनेको छ । साताको पहिलो कारोबार दिन जलविद्युत, फाइनान्स र माइक्रोफाइन्नासमा हरियाली छाएपनि अन्य उपसूचक राताम्मे भएका छन् ।
आज सेयर बजार परिसुचक ५.४५ अंकले घटेको छ । नेप्से परिसुचक भने २५ सय ४३ अंकमा पुगेर बन्द भएको छ । उक्त दिन ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज जलविद्युत २४.५२ अंक, फाइनान्स ५.२ अंक र माइक्रोफाइनान्स ४४.५ अंकले वृद्धि भएको छ । उक्त दिन बैंकिङ ६.७२, व्यापार समूह २१२.८३ अंक, होटेल तथा पर्यटन १४४.८२ अंक, विकास बैंक ०.४८ अंक, निर्जीवन बीमा २१.९ अंक, जीबन बीमा कम्पनी ३०.६५ अंकले घटेको छ ।
आज पनि नेपला इन्फ्रास्ट्रक्चर बैंकको सेयर सर्वाधिक करोबार भएको छ । उक्त दिन बैंक ४४ करोड ३१ लाख ६५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबारकै आधारमा उप्पर तामाकोशी दोस्रो स्थानमा छ । आज उप्पर तामाकोशीको ३८ करोड ७७ लाख ९० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज चन्द्रागिरी हिल्सको ३७ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
सोमबार चार कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । उक्त दिन उन्नती सहकार्य लघुवित्त, अजोड इन्स्योरेन्स, महिला लघुवित्त र सुमिट लघुवित्तको सेयर १० प्रतिशतले वृद्धि भएको हो ।
सकरात्मक सर्किट लागेपछि उन्नती लघुवित्तको सेयर मूल्य प्रतिकित्ता २ हजार ७६१ रुपैयाँ पुगेको छ । त्यस्तै, अजोड इन्स्योरेन्सको प्रतिकित्ता ७७६, महिला लघुवित्तको ५९१ र समिट लघुवित्तको सेयर प्रतिकित्ता १ हजार ४८५ रुपैयाँ पुगेको छ ।
वि.सं.२०७७ चैत १६ सोमवार १५:१६ मा प्रकाशित