back
NMB ad

सुनचाँदीको माध्यमबाट अर्थतन्त्रमा टेवा पुग्ने गरी नीतिगत ब्यवस्था हुन्छ: उपाध्यक्ष प्रा.डा. कडेल

Kumari bank ad

काठमाडौं । सुनचाँदी क्षेत्रको विकास र विस्तारका लागि यो क्षेत्रका एजेण्डाहरुलाई राष्ट्रिय नीतिमा समावेस गरिने भएको छ ।

सुनचाँदी ब्यवसाय सञ्चालनका क्रममा आवश्यक पर्ने नीतिगत ब्यवस्था, पर्याप्त कच्चा पदार्थ आपूर्तिको सुनिश्चितता तथा तालिम एवं खानी उत्खनन जस्ता महत्वपूर्ण बिषयहरुलाई मुलुकको आवधिक योजनामा नै पारिने भएको हो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. पुष्पराज कडेल सुनचाँदी क्षेत्रको वृहत्तर विकास र विस्तार गर्दै यसैको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा समेत महत्वपूर्ण टेवा पुग्ने गरी नीतिगत ब्यवस्था गर्न आफू तयार रहेको बताउनुभयो । उहाँले यस क्षेत्रको विकासका लागि आवश्यक पर्ने नीतिगत ब्यवस्थामा समेट्नुपर्ने एजेण्डाहरुलाई लिपिवद्ध गर्न ब्यवसायीहरुलाई आग्रह गर्नुभयो ।

बिश्व बजारमा सुनचाँदीको क्षेत्रमा उल्लेख्य रुपमा विकास र विस्तार भइसकेको भन्दै उहाँले नेपालमा पनि छिमेकी मुलुकहरुमा अवलम्वन गरिएका ब्यवस्थाहरुको अध्ययनगरी आवश्यकता अनुसार समेट्दै जान सकीने वताउनुभयो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले प्रष्ट नीतिको अभावमा सुनचाँली ब्यवसायमा धेरै समस्या आएको बताउनुभयो ।

सुनचाँदी ब्यवसाय सम्बन्धी प्रष्ट नीतिगत ब्यवस्था गर्दै कच्चा पदार्थको पर्याप्त आपूर्ति एवं कालिगढको सुनिश्चितता जस्ता कुराहरुमा ध्यान दिन सकीय यस क्षेत्रवाट राष्ट्रिय अर्थतन्त्रमा समेत ठूलो टेवा पुग्ने बिश्वास ब्यक्त गर्नुभयो ।

वि.सं.२०७७ चैत १९ बिहीवार १०:१८ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...