back
NMB ad

मेलम्ची ल्याउने किसुनजीको तीन दशक पुरानो प्रतिवद्धता पुरा हुँदा राष्ट्रपतिबाट यस्तो सम्झना

Kumari bank ad

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजनाको उद्घाटन गर्दै यसको कल्पनाकार कृष्ण भट्टरार्इ (किसुन जी) लाई सम्झना गर्नुभएको छ ।

झण्डै तीन दशकपछि सार्थकता पाएको भन्दै मेलम्चीको सुरुवातदेखि हालसम्म काम गर्ने राजनीतिज्ञ, प्राविधिक, दातृ निकाय र राष्ट्रसेवकको सम्झना गर्नुभएको हो ।

मेलम्ची खानेपानी आयोजनाको पानी वितरण कार्यको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्वोधनका क्रममा मेलम्चीको पानी काठमाडौं वितरण गर्ने सपनासहित प्रतिवद्धता गर्नुभएका तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई सार्वजनिक रुपमा सम्झाना गर्नुभएको हो ।

उहाँले तत्कालीन प्रधानमन्त्री भट्टराइको प्रतिवद्धतासंगै आयोजनाले थप महत्व र प्रचार पाएको बताउनुभयो । राष्ट्रपति भण्डारीले भृकुटीमण्डपमा नवनिर्मित सार्वजनिक ढुंगेधारामा रहेको ३ वटा धारा खोलेर उद्घाटन गर्नुभएको थियो ।

काठमाडौं उपत्यका केही स्थानमा आइतबारदेखि नै मेलम्चीको पानी वितरण थालिसकिएको छ । हालसम्म महांकाल, मीनभवन र खुमलटारको ट्याङ्कीबाट एक दिन बिराएर पानी पठाइएको छ भने अनामनगरको ८ सय घरमा भने २४ सै घण्टा पानी वितरण भइरहेको छ ।

वि.सं.२०७७ चैत २० शुक्रवार १६:३४ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...