back
NMB ad

नबिल बैंक र आरएण्डडी इनोभेटिभबीच सम्झौता, कृषि प्राविधिकहरुलाई कर्जा दिने

Kumari bank ad

काठमाडौं । नबिल बैंक र आरएण्डडी इनोभेटिभ सोलुसुनबीच कृषि प्राविधिकहरुलाई आवश्यकता अनुसार कर्जा दिने विषयमा सम्झौता भएको छ ।

बैंकको एस.एम.ई. तथा लघुवित्त विभागका प्रमुख निरज कुमार बस्नेत र इनोभेटिभकी अध्यक्ष सुनिता न्हेम्हाफुकीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

 बैंकका एस.एम.ई. तथा लघुवित्त प्रमुख बस्नेतले नबिल बैंकले सदैब दिगो बैंकिङ्गलाई प्राथमिकता दिइरहेको बताउनुभयो । उहाले कृषि क्षेत्रमा लगानी गर्दा कृषि व्यवसायको दिगो विकासलाई सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

‘हामी कृषि प्राविधिकहरुका आवश्कता अनुसार कर्जा लगायतका विभिन्न बैंकिङ्ग सुविधा र सेवाहरु प्रदान गरी देशको आर्थिक विकासमा योगदान पु¥याउनउत्साहित छांै, बस्नेतले भन्नभयो ।’

साथै कृषि क्षेत्रमा उद्यमशिलता विकासको साथ प्राविधिक ज्ञानको मिश्रण गरी परम्परागत वित्तिय लगानी प्रक्रियाको अन्त्य गर्दै एक नविन सुरुवात गरेको जानकारी गराउनुभयो । बैंकले सुरु गरेको यस पहलले व्यापक रुपमा सफलता हासिल गर्दै भविष्यमा नेपालको वित्तिय लगानी प्रवृति नै परिवर्तन गर्ने बैंकले अपेक्षा राखेको छ ।

सोही अवसरमा आर एण्ड डि.का अध्यक्ष न्हेम्हाफूकीले कृषि पढेकालाई सुलभ तरिकाले कर्जा उपलब्ध गराई उद्यमशिलतातर्फ लाग्ने वातावरण बनाउनका लागि बैंक र आर.एण्ड.डि. इनोभेटिभ सोलुसनले कृषि उद्यम शिलता विकासका लागि कृषिप्राविधिकहरु समक्षवित्तियपहुच सहितको कृषि उद्यम शिलता विकास कार्यक्रम ल्याएको बताउनुभयो ।

यसका लागि आर एण्ड डि इनोभेटिभ सोलुसनले उद्यमगर्न चाहने प्राविधिकहरुको छनौट गरि उद्यमशिलता विकास सम्बन्धि आधारभूत तालिम दिई बैंक समक्ष सहुलियत कर्जाका लागि सिफारिस गर्नेछ । तीसिफारिस भएका प्राविधिकहरुको व्यवसायिक योजनाका आधारमा १० लाख सम्मको सहुलियत दरको कर्जा नबिल बैँकले उपलब्ध गराउनेछ ।

यस कार्यक्रमले कृषिउद्यमशिलताको दिगो विकाससगै तिनै प्राविधिकमार्फत अन्य कृषकहरुलाई पनि प्राविधिक सेवा पुग्ने विश्वास लिईएको छ । यस कार्यक्रम अन्तर्गत जेटिए, जेटि, आईएस्सीएजी र बि.एस्सी.एजीअध्ययन गरेकाले भागलिन सक्नेछन् । यस कार्यक्रमअन्तर्गत आगामी एक वर्ष भित्रमाकम्तिमा १०० जनाकृषिप्राविधिकहरुलाई उनीहरुकै ठाउमा उद्यमविकास गर्ने योजना रहेको छ।

वि.सं.२०७७ चैत २० शुक्रवार १८:१८ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...