काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी तालिम सम्पन्न गरेको छ ।
क्यापिटलले आफ्ना कर्मचारीहरुलाई सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी १ दिने तालिम सञ्चालन गरेको हो ।
चैत्र २० गते शुक्रबार क्यापिटलका ३० जना कर्मचारीहरुको सहभागीतामा तालिम सम्पन्न तालिमको सहजीकरण नेपाल धितोपत्र बोर्डका निर्देशक निरञ्जय घिमिरले गर्नुभएको थियो ।
वि.सं.२०७७ चैत २२ आइतवार १२:१२ मा प्रकाशित